बारुण यन्त्र आवश्यकताको परिपूर्ति

पुर्वाधारहरुको विकास नहुँदै हतारमा नगरपालिका घोषणा गरिएको दैलेख नारायण नगरपालिकाले स्थापनाको १७ बर्षपछि यसको व्यवस्थित मर्मलाई बुझेको छ ।
नगरवासिहरुको पनि यसमा कमजोरी देखिन्छ किनकी नगरपालिका घोषणा भैसकेपछि नगरका वासिन्दाहरुका लागि के के   पुर्वाधारहरु तत्काल हुनुपर्ने हो ? कस्तो विकासको योजना वनाउनुपर्ने हो ? करको दायरा  कसरी निर्धारण गर्ने हो ?  यसवारे खोजीनीति गरि कति रकम कुन विकासमा खर्च भयो भन्ने तर्फ अधिकाँसले ध्यान नदिएका विगतका दिनहरु भन्दा आजभोली विभिन्न सुचना माग गर्ने र स्थानीय संचार माध्यामहरुमा प्रकाशित र प्रसारित विभिन्न सामाग्रीहरु पश्चात उल्लेख्य सहभागिता र जनचेतना बढेको देखिएको छ ।
दतिल, महिला, जनजाती, अपाँङ्ग लगायतका हकहितहरु संरक्षण गर्नलाई नीतिमा के उल्लेख छ र नगरपालिकाले के गर्नुपर्छ भन्ने वारेमा समेत नगवासिहरु सचेत भएका छन् । यो पनि परिवर्तनको एउटा राम्रो उदाहरण हुन सक्छ ।
सिमित स्रोत र साधनहरुका कारण पनि खोजेजस्तो विकास गर्न नसकेको बताउँदै आएको नगरपालिकाले पछिल्लो समय बारुण यन्त्रको खरिद प्रक्रिया थालेपछि र यन्त्र सदरमुकाममा आउने भएपछि भने नगरवासिहरु केही खुशी देखिएका छन् ।नगरपालिकाले उचित चासो दिने हो भने स्थानीयहरुको आवश्यकता सहजै परिपुर्ती गर्न सकिन्छ भन्ने यो उदाहरणसँगै जनताको आवश्यकताका कुराहरु धेरै बर्षदेखी विस्तार हुनुपर्नेमा ढिलो गरि आएका यस्ता आवश्यकताहरुको अव सहि सदुपयोग गरि यसको दिगो उपायोगितामा ध्यान दिनुपर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार