मुलुककै राजनीतिमा अन्यौलता आईरहेका बेला एकले अर्कोलाई सक्काउने निषेध राजनीति गर्ने खेलका घटना परिघटनाहरु धेरै मात्रामा देखिन थालेका छन् । आफ्नो व्यक्तिगत स्वार्थ र प्रलोभनका कारण मुलुकलाई दाऊमा राख्ने खालका विभिन्न खेलहरु नेपालमा अहिलेमात्र नभई विगतका धेरै कालखण्डहरुबाटै खेलीदै आएको छ । हालसम्म जतिपनी खेलहरु भए सवै खेलहरुमा राष्टियता र राष्ट्र सक्षम र सभल वनाउने साझा मुद्धा भने अहिलेसम्म कसैले बनाउन सकेको छैन् ।
पहिलो संविधान सभाको जस्तो उत्साह र उमंग यसपटकको चुनावमा देखिएको छैन् पक्कै पनि जनताहरुले विश्वास गर्ने हुन वा होईनन् भन्ने भित्रि आशंका समेत दलहरुमा पलाएको छ । किनकी वैद्य समूहले चुनाव बहिष्कारको नीति अवलम्वन गरेपछि कता कता असम्भावनाका बादलहरु पनि बडारिन थालेका छन् ।
मुलुकको आशालाग्दो परिस्थिती नभएपनि अहिलेसम्म अस्तित्वमा रहेको राजनीति दलहरुमा यतिवेला देखिएको तानातानको अवस्थाले पक्कै पनि पार्टीगत स्वार्थ होईन् व्यक्तिगत स्वार्थले निके धेरै असर गरेको देखिएको छ । पार्टीको हित भन्दा ब्यक्तिको चारित्रिक हित, व्यक्तिगत स्वार्थ, गुट, उपगुट लगायतका विभिन्न समस्याहरुले अहिले सवै दलका राजनीति क्रियाकलापहरु समेत असफल हुँदै आएका छन् । पार्टी भित्रै फरक फरक गुटगत एजेण्डाहरु देखिन थालेपछि प्रतिसोध र निषेदको राजनीतिले जरा गाडेको देखिएको छ यसले पक्कै पनि भोलिका दिनहरुमा नेपालमा कुनै ठूलो पार्टीको रुपमा कोही पनि आउन नसक्ने र राजनीति अस्थिरता सँधै भईरहने संभावना बढेको छ ।
यसपालिको संविधान सभाको चुनावमा समेत कुनै पार्टीले बहुमत ल्याउन सक्ने संभावना देखिएको छैन् । बहुमत नआएपछि उही पुरानो प्रधानमन्त्री बनाउने खेलमै देशको भविष्य अन्धकार हुने संभावना देखिएको छ ।





