एमाले काँग्रेसले बुझेनन् रणनीति

दैलेखमा फेरी चुनावी माहोल तातिएको छ । आफ्नो पक्षमा टिकका लागि मारामार गर्न काठमाण्डौं पुगेका प्रभावसाली नेताहरु मध्ये कुनै नेता खुशी भएर फर्केका छन् कुनै नेता दुःखी भएर फर्केका छन् ।
चुनावमा आफ्नो पुर्ण बहुमत ल्याउने योजना वुनेको माओवादीले देशभर एमाले काँग्रेसका रुष्ट कार्यकर्ताहरुलाई यो वा त्यो वाहानामा आफ्नो पक्षमा ल्याउन गरेको ठूलो कसरतको समेत पर्दाफाँस भएको छ ।
जसको गतिलो उदाहरण दैलेखमा पनि देखिएको छ । दुवै गुटका नेताहरुलाई एमाओवादीले बनायको योजना मुतावीद एमालेकै ओली पक्ष र झलनाथ पक्षसँग छुट्टा छुट्टै विभिन्न प्रलोभन र दुवै पक्षका नभएका कुराहरु एकले अर्कोलाई भनेको र सुनाएको भन्दै एकजना नेता आफ्नो पक्षमा पार्न सफल भएको छ ।
अरुको पार्टीको विश्वास गर्ने र आफ्नै पार्टीभित्र अविश्वास मान्ने नेतृत्वको     कमजोरीका कारण यस्तो समस्या आएको समेत स्पष्ट भैसकेको छ । अँझै समयमै एमाले काँग्रेसहरुले सचेत नभए । अरु धेरै  जिम्मेवार कार्यकर्ताहरु समेत पक्षमा पार्ने दाऊमा एमाओवादी लागेको छ ।
दोस्रो संविधानसभाको मिति जति नजिकिंदैछ निर्वाचन प्रतिको शंका एकातिर देखिएको छ भने अर्कोतर्फ नेता तथा कार्यकर्ताहरुका समेत भिन्न भिन्न अभिव्यक्तिका कारण ठूला भनिएका पार्टीहरुमा निकै ठूलो समस्या उत्पन्न भएको देखिएको छ ।
जे होस दैलेख विगतदेखी पृथक शैली र   राजनीति बोकेको क्षेत्र भएकोले यो बर्ष पनि नसोचेको परिणाम आउन सक्ने विश्लेषण    गरिएको छ । कसको पहुँच कहिले र कहाँ पुग्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार