सहयोग दुवैलाई जरुरी

दैलेखको द्धारी वडा नः ८ का ११ बर्षिय नबिन थापा आन्द्राको क्यान्सर भई हाल विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराईरहेका       रहेका छन् ।
आर्थिक अवस्था कमजोर भएका उनको घरवार बेचविखन गरेर समेत उपचार संभव नदेखिएपछि अहिले सहयोगको गुहार माग्दै उनी सदरमुकाम सम्म आईपुगेका छन् । घरमा भएको जग्गा जमीन र भएको पैसा र गाउँमा ऋण निकालेर पनि उपचारमा पैसा नपुगेपछि क्यान्सर पीडित बालकका           परीवारले सार्वजनिक रुपमा सवैसंग सहयोगको अपिल गरेका छन् । यसका लागि समग्र जिल्लावासिहरुले समेत एक विहान खाने एककप चियाको रकमको मात्रै सहयोग गर्न सके यसको प्रभाव निकै राम्रो पर्ने देखिएको छ ।
पीडित बालकका बुवा मोहन थापाले आफ्नो जाय ज्यथा वेचेर समेत उपचार गर्न नसकेका यस्ता पीडितहरुको उपचारका लागि सरकाले हालसम्म कुनै ठोस कदम ल्याउन सकेको छैन् नत राजनीतिक दलका  कुनै पनि दलहरुले यस्ता रोगिहरुको वारेमा ठोस निर्णय वा आफ्ना घोषणा सभामा यस्ता कुरा राख्न सकेका छन् ।
त्यस्तै दुवै मिर्गौला काम नलाग्ने भएर मृत्युसँग संघर्ष गरिरहेका  सञ्चारकर्मी बीके पाल्पाली (विजय पोखरेल) को उपाचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाल पत्रकार महासंघले ‘बीके पाल्पाली बचाउ अभियान’ सञ्चालन गरेको छ ।      यसका लागि पनि जिल्लाका संचारकर्मीहरु सवैले यसवारे ठोस नीति अवलम्वन गरि नेपाल सरकारलाई यसवारे तत्काल पहल गर्न आग्रह गर्नुपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार