शुभ विजया दशमी हिन्दुहरुको महान चाड बिजया दशमीले नेपालीहरुको दैलो प्रवेश गरिसकेको छ । आज फूलपातीलाई बढाँईका साथ घर घरमा भित्राएपछि दशैको रौनक समेत बढ्ने देखिन्छ ।
असत्यमाथि सत्यको विजय भएको महान पर्वका रुपमा माता भगवतीको पुजा आरधना गरि मनाउँदै आएको नेपालीहरुको महान पर्व बिजया दशमीले आम नेपाली जनताहरुको आवश्यकता र नेपालको सुन्दर भविष्य निर्माण गर्ने संविधान सभाको दोस्रो चुनाव मर्यादा र सान्तपुर्वक सम्पन्न होस भन्ने कामना गर्न चाहान्छौं ।
दैलेख जिल्लाबाट विगत सातबर्षदेखी जनताको पहरेदारको रुपमा रहेको यस धामाका दैनिक पत्रिकालाई अहिलेसम्म मायाँ गर्नुहुने आम जिल्लावासि दाजुभाईतथा दिदीबहिनीहरु, पाठवर्ग, विज्ञापनदाता, शुभचिन्तक, पत्रकार, नागरिक समाजका अगुवाहरु, जिल्लास्थित सम्पुर्ण राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरु लगाएत समग्र जिल्लाको विकासका लागि दुर्गा माताले सवैको मनोकाँक्षा पुरा गरुन् ।
जिल्लामा हुने अनियमितता, ढीलासुस्ति, विकास निर्माणमा देखिएका अवरुद्धताहरु सवै समाधान भएर जाने सजिलो बाटो मिलोस् । जिल्लाको पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने नयाँ योजना र आयोजनाहरुका लागि दलहरुको ध्यान पुगोस र नीति निर्माताहरुले पर्यटनका नाउँमा आएको लाखौं रकम कुम्ल्याएर कागजी विल भरपाई वनाउने प्रचलनको अन्त्य होस् र सवै तह र तप्कासम्म विकासको सदुपयोग होस् यही कामनाका साथ सम्रग जिल्ला वासि दाजुभाई तथा दिदीबहिनीहरुमा शुभविजया दशमी जदौं…..








