लामो अनिश्चयको शिकार भएको दोस्रो संविधानसभाको निर्वाचन उम्मेदवारी वितरणपछि चुनावी महौल भने एक्कासी तातिएको छ ।
जिल्लामा नेताहरु गाउ गाउमा गएर आफ्नो पक्षमा जनमास जुटाउन को भन्दा को कम भन्दै लागेका छन् । मिठा कुराले हुन्छ या गुलिया आश्वासन बाडेर हुन्छ जनतालाई एकपट पुन झुक्याउदै छन् । अहिले हुने भनिएको संविधान सभाको चुनाव देशको विकास गर्न गाउ गाउमा विकास का पुर्वाधार तयार गर्न नभई सिगो राष्ट्रलाई नितिनिमार्ण गर्न देश र जनताको भविश्य निमाणका लागी हो तर गाउ गाउमा पुगेर म लाई जिताउनु भयो भने म यो ठाउलाई यस्तो बनाई दिन्छु म यसलाई रोजगारी दिन्छु भन्नु गलत हो । बरु म विजयी भएको खण्डमा म यस्तो निती निमार्णमा गर्न सहयोग गर्ने छु सवैका पक्षमा भएको संविधान तयार गर्नमा लाग्ने छु भन्नुृ को सट्टा झुट्टा आश्वासनले नदिन राम्रो हुने छ ।
सम्पूर्ण राजनीतिक गतिरोधको अन्त्य गर्ने एउटै मात्र उपाय हो निर्वाचन । त्यसलाई जति सहज र भयरहित अवस्थामा सबैको सहभागिताबाट सम्पन्न गर्न सकिन्छ, त्यसले नै सही राजनीतिक निकास दिन्छ । यो पटकको मतदान विगतभन्दा भिन्न छ । निर्वाचन मा गएका दलहरु एक तर्फ छन भने निर्वाचन गर्न हुदैन भन्ने दल एकातिर उभिएको अवस्थामा भएको चुनाव के देशलाई निकास दिन सक्ला र निर्वाचन बहिस्कार दलले पनी निर्वाचन हुन दिदैनौ भन्दैमा चुनाव नहुने होइन र स्वयं मतदाता आफैं उपस्थिति भएर सूचीमा नाम लेखाएको अवस्थाले ऊ आफैं बहिष्कार गर्नका लागि वा मत नदिने विचारबाट प्रेरित छ भन्ने कुरालाई खण्डित गर्दछ ।
त्यसकारण बहिष्कार गर्नेहरूले भनेको विदेशीको इशारामा हुन लागेको र सिक्किम बनाउन खोजिएको भन्ने नाराले मात्र आम नागरिक बुथसम्म जाँदैनन् भन्ने अनुमान आफैंमा गलत छ । सम्बन्धित पक्षको यस तर्फ पनी ध्यान जान आवश्यक छ ।





