चुनावमा सुरक्षा चुनौती बन्दै

मुलुक दोस्रो संविधान सभा चुनावमय भएको छ ।  चुनावको मिति नजिकीदै गर्दा गाउँ गाउँमा चुनावी प्रचारप्रसार बढेको छ ।
चुनावलाई शान्तिपुर्ण तरिकाले सम्पन्न गर्नको लागि राज्यले समेत यतिवेला निकै गम्भिरता प्रस्तुत गरिरहेको छ । चुनाव आम नेपालीहरुको लागि आवश्यक पर्नै मुल कानुन निर्वाण गर्ने बिषयमा केन्द्रित भएकोले होला विभिन्न दलहरुले आ आफ्नो पक्षका घोषणापत्रहरुलाई चुनावमुखि बनाउँदै सार्वजनिक गर्न थालेका छन् ।
आफ्ना तर्क सहित चुनावी घोषणापत्र सार्वजनिक गरिहेका दलहरुलाई पछिल्ला दुई दिनमा मुलुकमा देखिएका चुनावी गतिविधीहरुले समस्या उत्पन्न गराउन सक्ने खतरा बढ्दै गएको छ ।
मुख्य गरि चुनाव विरोधि गतिविधी गर्नेहरुको बाहना बनाउँदै कतिपय दलहरुले आफ्नो मक्सद पुरा गर्ने खतरा समेत उत्पन्न भएको देखिन्छ ।         काँग्रेस, एमाले र माओवादी वीच देखिएको एक आपसको चुनावी लडाँईका क्रममा समेत कतिपय स्थानहरुमा समस्या उत्पन्न भएको देखिएको छ भने अर्कोतर्फ चुनाव विरोधी दलहरुले बढाएका गतिविधीहरुले पनि समस्या उत्पन्न भएको    देखिएको छ ।
दल र नेताहरुबीच बढ्दो दूरी, चर्को विवाद र शासकीय स्वरुपको कुरामा पटक–पटक हुने झमेलाले गर्दा समस्या चर्किने निश्चित छ  । विदेशी शक्तिहरु पनि यथास्थितिमा नेपालमा           रमाउँदै आएकोले चलखेल गर्नका लागि पनि त्यति सजिलो गरी संविधान बन्न दिने अवस्था देखिदैन् ।
अर्कोतर्फ पहाडी जिल्ला दैलेखमा समेत चुनावमा खटिएका हरुको लागि सुरक्षाको कुरामा समस्या उत्पन्न हुने देखिएको छ ।
समयमै संविधान र स्थिरता चाहने नेपालीहरुका लागि सुःखद दिन मानिएको यो चुनावमा देखिने सुरक्षा खतरालाई जिम्मेवारीको रुपमा बहन गर्दै आएको सरकार अँझै चनाखो बन्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार