मतदाता र नेता दुवैको सुरक्षा आवश्यक

पहिलो पटक आपसी विवाद र मुलभुत मुद्धामा सहमती हुन नसकेपछि संविधान निर्माण गर्न नसकेका ठूला दलहरुले अहिले पुनः नयाा निर्वाचनका लागि भनेर मुलुक दोस्रो संविधान सभाको लागि चुनावमय बनेको छ ।
आ –आफ्ना पक्षमा वकालत र पैरवी गर्दै नेता तथा कार्यकर्ताहरु जनताको घर दैलोमा पुगेका छन् चुनावको मिति नजिकीदै गर्दा गाउँ गाउँमा चुनावी प्रचारप्रसार बढेको छ ।
चुनावलाई शान्तिपुर्ण तरिकाले सम्पन्न गर्नको लागि राज्यले समेत यतिवेला निकै गम्भिरता प्रस्तुत गरिरहेको छ । चुनाव आम नेपालीहरुको लागि आवश्यक पर्नै मुल कानुन बनाउने बिषयमा केन्द्रित हुनपर्नेमा मुख्य गरेर चारदलले यसको बढी फाईदा लिन खोजे भन्दै बैद्यय लगायतको ३३ दलिय मोर्चाले भने दोस्रो संविधान सभाको चुनावलाई स्वीकार गरेको छैन् ।
बाहिरी देशरुको ईशरामा चुनाव हुन लागेको र       राष्ट्रियता खतरामा पर्ने शंकेत देखिएकोले यसले आम नेपाल र नेपालीहरुलाई प्रत्यक्ष असर गर्ने भन्दै गोलमेच सभाबाट कुरा टुंगाउने लगायतका बिषयहरुको उठान गर्दै आएको नेकपा–माओवादीले चुनावको मुखमै कुनै नयाँ घटना वा असुरक्षा पैदा गर्न सक्छ भन्ने आशंका आम रुपमा विकसीत हुँदै आएको छ ।
यस्तो परिस्थितीको सामना गर्नका लागि मतदाता तथा नेता दुवैको सुरक्षा गर्नुपर्ने र चुनावलाई        भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेतर्फ सुरक्षा निकाय खटिएको छ । चुनवा विरोधी भन्दापनि चुनाव गराउनुपर्छ भन्नेहरुका वीचमै देखिएको लडाँई झगडाको अरुले फाईदा उठाउने परिस्थितीको सृजना हुन खोज्यो भने त्यसको मुल्याँकन कसले गर्ने भन्ने वारेमा समेत सवै सचेत हुनुपर्ने देखिएको छ ।
मन परेको व्यक्तिलाई जिताउने महत्वपुर्ण अधिकार पाएका जनताहरुले सुरक्षीत रुपमा मतदात गर्ने वातावरण मिलाउनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार