हत्यामा संलग्नलाई प्रहरीले भेट्दैन

नेपालमा विधिको शासन भनेर जति ब्याख्या र विश्लेषण गरिएपनि त्यसको सहि सदुपयोग भने हुन सकेको छैन् । दैलेखमा विगत केही दिन अघि घटेको एउटा घटना र दुई तीन दिन अघि घटेको एउटा घटनाको सामान्य तुलना गर्दा पनि             राजनीतिक पुर्वाग्राही व्यवहार प्रर्दशन गरेको देखिन्छ सम्वन्धित निकायले ।
कसैलाई नमारेकै पनि राजनीतिक आग्रही भएर हत्यारा बनाईन्छ र त्यसलाई समात्न प्रहरीले गाउँ नै घेरा हाल्दछ तर अर्को तर्फ एउटा अर्को व्यक्ति जसको पहुँच छैन् जसले राजनीति रुपमा यसलाई रंग दिदैन त्यस्ता व्यक्तिहरुको हत्या भएको त्यसले नत न्याय नै पाउने संकेत देखिन्छ न त प्रहरीनै यस वारेमा जिम्मेवार देखिन्छ ।
नेपाल बन्द छ हत्याराहरु भारत जाने भनेर पैसा गाउँमा माग्दै गरेको खबर प्रहरीलाई पनि थाहा छ । पिडीत परिवारले जाहेरी दिएका छन् तर खोजी कहाँ कति भयो त्यो थाहा छैन् । राजनीतिक रुपमा पुर्वाग्राही हुने प्रहरीले जनताको कसरी सुरक्षा गर्न सक्छ यसवारे आम जनसमुदायहरुले पनि केही न केही कदम चाल्नुपर्ने देखिन्छ  ।
कसलाई स्वच्छ भन्ने यहाँ त्यसको पनि समस्या छ । कालिका ७ का दलबहादुर बुढा मगरको हत्या गरिएको भन्ने कुरालाई समेत यहाँ वास्था गरिएको छैन् भने अर्कोतर्फ प्रहरीले अनुसंन्धान गर्नु पुर्व कसैलाई हत्यारा बनाईन्छ प्रहरीले पक्रिन्छ पक्रेको दुई दिनपछि राजनीतिक पुर्वाग्राही भएर किटानी जाहेरी दिईन्छ ।
अव कहाँ न्याय खोज्ने जनताहरुले ।
साँच्चै न्यायोचित रुपमा अन्यायमा परेका जनताहरुलाई न्याय दिलाउन प्रहरी सक्षम छ भने कालिकाको घटना र त्यसमा संलग्नहरुलाई तत्काल खोजी गरि कार्वाही गर्नुपथ्र्यो । कारवाही छानवीन पछि हुँदो हो तर खोजी गरेर पक्राउ त गर्नुपथ्र्यो त्यो पनि भएको छैन् ।
साहद यती सम्म हुन सक्छ हत्यामा संलगन        आरोपितहरु मतदान गरिसकेपछि मात्र पक्राउ पर्न सक्छन् किनकी नेपालको राज्य संचालन पक्रिया नै यस्तै छ अरुलाई दोष दिएर कुनै काम छैन् यहाँ । अनि सल्लेरी घटनाका आरोपितहरु भने चुनाव पछि मात्रै छुट्न सक्छन् यस्तै छ नेपालमा ।।।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार