पहाडी जिल्ला दैलेखमा चिसो बढेको भएपनि त्यसको कुनै प्रर्वाह नै नगरि जनताहरु र नेताहरु चुनवी अभियानमा खटिएका छन् । बर्षातसँगै चिसो बढेपनि चुनावी माहोल भने निकै तातीएको छ । मंसिर ४ हुन लागेको संबिधान सभाको दोसा्रे निर्बाचनको माहोल सदरमुकाममा मात्र हैन गाउँका दुरु दराजहरुमा समेत तातिएको छ ।
मिति नजिकीदै गर्दा नेताहरुमा कसको मत कति हुने भन्ने सम्मका बिश्लेषणहरु चोक चोकमा हुन सुरु गरेका छन् ।
अर्कोतर्फ जिल्लाभरका प्रत्येक वुथ केन्द्रहरुमा शान्तिपुर्वक कर्मचारीहरुको खटनपटन गर्नका लागि यतिवेला जिल्ला निर्वाचन कार्यलय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारिहरुको निकै ठूलो भीड लागेको छ । सवै कर्मचारीहरुले उत्साह पुर्वक मतदान केन्द्रसम्म पुग्ने र मतपेटीका सुरक्षीत रुपमा जिल्लामा ल्याउने उद्देश्य राखेर गाउँतर्फ प्रस्थान गरेका छन् । कर्मचारिहरु मात्र हैन हरेक स्थानमा सुरक्षाका लागि खटिएका सुरक्षा कर्मिहरु समेतले उत्साह पुर्वक चुनावी माहोललाई सर्मथन गरेका छन् । जिल्लाको सुरक्षा व्यवस्था निकै कडा परिएकोले समेत चुनाव शान्तिपुर्वक सम्मन्न हुने देखिएको छ । जनताहरुले आफ्नो मतदान गर्ने अधिकार कसैले पनि रोक्न नसक्ने बताएर जनताहरुको भेलनै उर्लेपछि चुनाव विरोधि गतिविधी गर्नेहरु समेत आफै सेलाएको देखिएको छ ।
जनताका हक र अधिकार सुनिश्चित गर्ने यो महान पर्वलाई सवैले साथ दिनुपर्ने आवस्यकता देखिएको छ । महत्वपुर्ण अभियानमा सवै लाग्नु आजको आवश्यकता हो ।





