अवको चुनौति सरकार र संविधान

संविधान सभाको चुनाव हुनुपर्ने मुख्य एजेण्डा बोकेको एमाओवादीले यसपालिको चुनावमा       बेहोरेको असफलताले अध्यक्ष प्रचण्ड मात्र हैन आम माओवादी कार्यकर्ताहरु यतीवेला आत्तिएका छन् । ठुलो शक्तिको रुपमा रहेको वैद्यय समुहरले बहिष्कार गर्दा केही फरक नपर्ने भन्दै उर्लिएका प्रचण्डका बोलिहरु यतीवेला सेलाएका छन् ।
एकाएक निर्णय गर्दै मत परिणामको बहिष्कार समेत भन्न पछि नपरेका प्रचण्डलाई अहिले त्यो बोली फर्काउन समेत निकै हम्मे हम्मे भएको छ  विगतको जस्तो अफुहरुको दुई तिहाई आउँछ भनेर ठुला टाउकेहरुमा मात्र पछि लगाएर हिडेको एमाओवादीले विगतका बर्षहरुमा संगठन विस्तारमा देखाएको लापरवाहिको गतिलो झापड एमाओवादीलाई यतीवेलाको चुनावले पारेको छ ।
जनताहरु बास्तवमै जनार्धन भैसकेका रहेछन् भन्ने पुष्ठी यसपालिको चुनावले देखाएको छ । सत्ता कब्जा भैसक्यो भनेर दिवा सपना देखेको माओवादीलाई थाहा भएन एमाले र काँग्रेस भूमिगत रुपमा संगठन विस्तारमा लागेका छन् भनेर । अहिले प्रचण्डलाई पुन अर्को झड्का लागेको छ  ।
विगतमा काँग्रेस र एमालेलाई समेत विभिन्न बाहानामा पर्छार्दै हिडेका प्रचण्डलाई एकैचोटी जनताहरुमो साथ लिएर एमाले काँग्रेसले पछारेका छन् । अव चुनौती थपिएको छ सरकार गठन गर्ने र संविधान निर्माण गर्ने । एमाओवादीले अहिले सहमतीको नाम भजाउन खोजेको छ तर उलंघन विगतमा आफैले गरेको थियो । अव ठूलो दलको हैसियतले काँग्रेस र एमाले दुवैलाई चुनौती देखिएको छ । तत्काल सरकार गठन गरि एकबर्ष भित्र संविधान वनाउन सकेनन् भने पुनः जनताहरुले अर्को चुनावमा यसपालि भोगेको माओवादीकै हालतमा पुर्याउन सक्ने खतरा बढ्न सक्छ । त्यसैले यस्ता विभिन्न कुराहरुलाई मध्यनजर गरि काँग्रेस एमाले अगाडी बढ्नुपर्ने देखिन्छ । जनताको चाहना अनुसारको संविधान र विकासमा क्रान्ति ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार