जितेको ठाउमा मात्र धाँधली भएन हारेकोमा मात्र भयो.

नेपालका जनताहरुलाई अव कसैले पनि धम्की दिएर, प्रलोभन दिएर र दमन गरेर । सोझो अर्थमा भन्ने हो भने साम, दाम, दण्ड र भेदको राजनीति नेपालमा अव अन्त्य भएको छ यसलाई पुष्ठी गर्ने थुप्रो आधारहरु देखिएका छन् ।
भर्खर बन्दुक विश्राम गरेर आएका एमाओवादीले देशमा परिवर्तन गर्न सक्छन् भन्ने मान्यता र युद्धदेखी वाक्क भएका जनताहरुले परिवर्तनको मुख्य शक्ति एमाओवादीलाई बनाए । तर माओवादीसँग जुन अपेक्षा जनताहरुले गरेका  थिए ठिक त्यसको विपरित माओवादीले आफ्नो ऐयासी र विलासिता बाहेक विगतमा घरवार गुमाएका, पीडितहरु, आफन्त गुमाएका सहित परिवारहरु कसैलाई वास्था गरेन अव जनताहरुले हामीलाई बिजयी बनाईसके हामी कहिल्यैपनि हार्दैनौ भन्ने दम्भ माओवादीमा पलायो र देशको निकासको साटो बिवाद र असमझदारी कायमै गर्दै देशलाई पाँच बर्ष अनाहकमै समय व्यतित गराउन तर्फ माओवादी सँगैका केही मधेशवादी दलहरु तल्लिन देखिए ।
अन्ततः पुन २०७० सालको दोस्रो संविधान सभाको मत परिणामबाट स्पष्ट भैसकेको छ जनताहरु जात जातको रुपमा विभाजित हुन चाहेका छैनन् । धर्म धर्मको विचमा मारामार गर्न चाहेका छैनन् । विगतको अपसी समझदारी र भातृत्वको भावना अहिलेपनि जनताहरुमा कायमै छ भन्ने प्रष्ट यो चुनावको    परिणमले देखाएको छ  ।
आफुहरुले जितेका स्थानहरुमा केही भएको छैन र हारेका स्थानहरुमा मात्र धाँधली भएको छ भन्दै एमाओवादीले झिकेको लफडा पराजित मानसिकता बाहेक अरु केही हुन सक्दैन् । विगतमा जनताहरुलाई भ्रम सिर्जना गरेर चुनाव जितेको पार्टीका अध्यक्ष प्रचण्डलाई जनताले दिएको यो गतिलो झापड सँगै उनले हतारमा दिएको यस्तो प्रतिक्रियाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा उनको छवीमा प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार