रिस वा झोकको भरमा चुनावको व्याख्या नगरौं

यूगमा एकपटक आउँछ संविधान सभावाट आफ्नो अधिकार छान्ने दिन, यो नारा भजाउँदै पाँच बर्ष बिताएको नेपाली राजनीतिक रंगमञ्चले अहिलेपनि कता कता कुहिरोको कागमा हराउने प्रयत्न गरिरहेको जस्तो देखिएको छ ।
अब मात्र १७ दिन बाँकी रहेको संविधान सभाको दोस्रो निर्वाचनको मितिलाई हेर्दा र मुलुकभर एकपछि अर्को गर्दै भएका भिन्न भिन्न प्रकृतिका घटनाहरु र त्यसको असरले कता हो कता जनताहरुमा पुनः एकपटा सोच्नुपर्ने बाध्यता तुल्याउने त होईन भन्ने तर्फ अगाडी बढाएको छ ।
सरकारले निकै सर्तकताका साथ सम्पन्न गर्ने       तयारीमा जुटेको छ ।
साना देखि ठूला सवै पार्टीका चुनावी सभा र घोषणापत्रको ब्याख्या र विश्लेषण गर्दै दैलेखमा समेत सवै पार्टीहरुले आफुहरुले जित्ने निश्चित भएको प्रतिक्रिया दिईरहेका छन् । आम जनसमुदायका दुःख र पीडासँग जोडिएको र नेपाल र नेपालीहरुको भाग्य र भविष्य निर्धारण गर्ने महत्वपुर्ण कडीको रुपमा रहेको संविधान सभाको निर्वाचन पश्चात मुलुकले अँझै नयाँ प्रगतीको मार्ग खोल्न मद्दत पुग्ने देखिएको छ ।
नेपाली राजनीति भित्र देखिएको निकै फोहोरी खेल रिस वा झोकको भरमा मुलुकको भाग्य र भविष्यलाई दाउरा राखिदिने प्रचलन विगतदेखी कायम हुँदै आयो ।
राष्ट्रको मुख्य एजेण्डा के हुने र सरकारमा जो गएपनि पालना गर्नुपर्ने भन्ने मुलभूत सिद्दान्त नवनार्ईएकै कारण नेपालमा बाह्य शक्तिको सजिलै चलखेल बढेको छ । अहिलेपनि मुखमै आएर चुनावको यो वा त्यो तरिकाले व्याख्या र विश्लेषण भन्दा दिगो समाधान कसरी हुन्छ त्यसतर्फ सवैले सोच्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार