संविधान सभाको दोस्रो निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएकोमा विदेशी नियोगहरुले खुसी व्यक्त गरेका छन् । संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसले पहिलो स्थान हात पार्न सफल भएका छन् भने नेकपा एमालेले दोस्रो स्थानमा रहेका छन् । एमाओवादी तेस्रो स्थानमा रहेका छन् भने मधेशवादी दलहरुको पत्ता साफ भएका छन् । एमाओवादी र मधेशवादी दलहरुको आप्mनै कारणले पत्ता साफ भएको छ । आगामी संविधान निर्माणका लागि संविधान सभा निर्वाचनमा नेपाली जनताले नेपाली काँग्रेस र नेकपा एमालेलाई २०५६ सालको मत दिएको छ । २०५६ सालमा नेपाली काँग्रेस पहिलो भएका थिए भने नेकपा एमाले दोस्रो स्थानमा रहेका थिए ।
जनआन्दोलन २०६२÷०६३ सालपछि नेकपा माओवादीलाई तेस्रो पार्टीको रुपमा स्थापित गरेका थिए भने मधेश आन्दोलनले २०६४ सालको निर्वाचनमा मधेशवादी दललाई चौथो स्थान दिएका थिए । एमाओवादी र मधेशवादी दलको सत्ता र पैसा मोहका कारण संविधान सभा विघटन भएका थिए । संविधान सभा विघटन भएको करिब डेढ वर्ष पछि संविधान सभाको दोस्रो निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फको मतगणना करिब सम्पन्न भएको छ भने समानुपातिक तर्फको मत गणना सुरु भएको छ । प्रत्यक्ष र समानुपातीक तर्फ नेपाली काँग्रेस प्रथम, नेकपा एमाले दोस्रो, एमाओवादी तेस्रो र चौथोमा मधेशवादी दलहरु कै स्थान रहेको छ । करिब ६ वर्ष पछि नेपाली काँग्रेसको नेपाली काँग्रेसको नेतृत्वमा गठन हुने सरकारमा एमाओवादी र मधेशवादी दल सहयोग नगरे जनताले पूर्ण रुपमा बहिष्कार गर्नेछ । नेपाली जनताको अभिमत स्वीकार नगर्ने एमाओवादी र मधेशवादी दललाई फेरि पत्तासाफ हुने छ ।





