मुलुकमा संविधान सभाको दोस्रो चुनाव सम्पन्न भएको छ । यतीवेला मुलुकले अव नयाँ शान्ति र संविधानका विषयमा कुनै नयाँ ढंगले वकालत अगाडी बढाउँदै जनताका सवैखाले अधिकारहरु सुनिश्चित गर्न अगाडी बढ्ने आशा पलाएको नेपाली जनताहरुको विश्वासलाई सवैले आदर, सत्कार र सम्मान गर्न सक्नुपर्ने देखिएको छ ।
चुनावको मत परिणाम पश्चात देखिएका केही सृजृत प्रश्नहरुले जनतालाई पुनः एकपटक निराशा बनाउँदै लगेको देखिन्छ ।
जनताको अधिकारको लागि संविधानमा उल्लेख गर्नुपर्ने कुराहरुलाई पनि स्थानीयहरुले यतीवेला विजयी भएका सभासदहरु सँग बारम्वार आग्रह र अनुनय, विनय गरिरहेका छन् । यसले पक्कै पनि जनताहरु स्थायी शान्ति स्थायी सरकार र मुलुकको विकास सँगै आफ्ना विकासका विभिन्न समस्याहरु समाधान हुन सक्नेमा आशावादी भएका छन् ।
तत्कालीन दन्द्धकालमा माओबादीको ज्यादती बाट मुक्त हुन विस्थापित भएर दैलेख सदरमुकाम बसेका बादी समुदायले अहिलेमात्र हैनन् विगत धेरै बर्षदेखी आफुहरुको स्थायी वासस्थानको खोजीका लागि जिल्ला प्रशासन घेराऊ देखि नेताहरुको घरदैलो चाहार्ने काम देखि मतदान गर्ने सवै कामहरु गरिसकेका छन् सवै सभासदहरुलाई उनीहरुको पहिलो माग हुने गर्दछ हामीलाई स्थायी वासस्थानको खोजी गरियोस् । सरकारले बादी समुदायका लागि घरविकास योजना समेत लागु गरेको भन्ने सुन्नमा आएपनि दैलेखमा भने कही कतै त्यसको नाम सुन्न पाईएको छैन् ।
विगतदेखी कष्टकर दिन विताउँदै आएका नमूना वस्तिमा रहेका बादी समुदायहरुका लागि अहिलेसम्म कसैले सुनुवाई गर्न सकेको छैन् ।
अव तत्काल उनिहरुलाई स्थायी वसोवासको व्यस्था र समुदायका मानिसहरुमा भएको सिप र कलाको समेत उत्थान गर्दै स्थायी वासस्थानको खोजी गर्नुपर्ने देखिएको छ








