सवैकुराको दिगो समाधान र योजनाबद्ध बिकास गर्न सक्ने हो भने मुलुकको भाग्य र भविष्य निर्माणमा त्यती धेरै समस्या उत्पन्न नहुने देखिन्छ ।
मुलुकका विभिन्न काल खण्डहरु र त्यसबाट उत्पन्न परिस्थितीलाई समेत सामान्यकरण गरेर मुलुकको बिकास गर्नतर्फ अगाडी बढेका ठूला देखी साना सवै दलका नेता तथा कार्यकर्ताहरुले गरेको प्रयासले केही सार्थकता पाउन थालेका बेला पुनः अर्को संकट उत्पन्न हुने अवस्थाको सृजना बढेको छ ।
लोकतन्त्र र लोकतान्त्रिक पद्धतीलाई अंगाली सकेपछि त्यसमा भएको तलमाथिका कुराहरुलाई पनि जिम्मेवार नेताहरुले आत्मसाथ गर्नुपर्ने देखिएको छ ।
मुलुकको दिगो विकास र दिगो समाधानका लागि जवसम्म स्थायी सरकार र संविधान घोषणा हुँदैन तवसम्म मुलुक संचालनका लागि आवस्यक पर्ने कुनै पनि नीति र नियमहरुको पुर्ण रुपमा कार्यान्वयनमा समस्या उत्पन्न हुने देखिन्छ ।
राष्ट्रिय नीतिकै पेरिफेरिमा रहेको समग्र जिल्ला परिचालनको नीति पनि त्यही ढंगले हुनुपर्ने देखिन्छ । हरेक जिल्लाको बिकासका लागि स्थानीय स्तरमै प्राप्त अधिकार र हरेक बिषयका विभिन्न नीति र नियमहरुका कारण पनि जिल्लाको बिकास निर्माणमा समस्या उत्पन्न भएको छ । सडक, खानेपानी, विद्युतीकरण लगायतका अन्य हरेक विकास पुर्वाधारहरुको स्पष्ट नीति नवनेकै कारण दैलेख विगतदेखी नै पछाडी परिहेको छ । बल्ल बल्ल वनाउन थालेको पर्यटन गुरु योजना समेत जिल्ला विकास समितिकै लापर वाहिका कारण सम्पन्न हुन सकेको छैन् । हरेक ठाउँमा कमिशन लगायतका अन्य विभिन्न समस्या र स्थानीय उपभोक्ताहरुको समेत दरिद्र मानसिकताका कारण दिगो विकासमा समस्या उत्पन्न भएको छ यसको समाधानका लागि स्पष्ट नीति बनाउन आवश्यक देखिन्छ ।





