शिक्षा मानिसका लागि नभै नहुने महत्वपुर्ण शक्ति हो । अज्ञानताका कारण समाजमा हुने विभिन्न खाले अपराधहरुको न्यूनिकरणका लागि पनि सामाजिक रुपमा सवै शिक्षित हुनुपर्ने देखिन्छ ।
अँझै पनि पुरातनवादी सोच र सँस्कृतिहरु हाम्रो समाजमा जगडीएर रहेका छन् कतिपय सँस्कृतिहरुको जगेर्ना गर्नुपर्ने देखिन्छ । किनकी त्यस्ता सँस्कृतिहरुले हाम्रो विगतको पहिचान बोकेका छन् । सकारात्मक सन्देश बोकेका छन् ।
समाजमा यस्ता पनि प्रवृतीहरु हालसम्म कायमै छन् जसका कारण मानिसहरुले अनाहकमा मृत्युको मुखामा पुग्नुपर्ने बाध्यातालाई निम्त्याएको छ । कुसँस्कृतिहरुलाई हटाउने एउटामात्र माध्याम हो शिक्षा ।
जिल्लाको शैक्षिक स्तरको मापन गर्ने हो भने पछिल्ला बर्षहरुमा सवै साक्षर बन्नुपर्ने अभियानहरु गाउँघरमा संचालन भैरहेका छन् तर यथार्थतामा त्यसले सकारात्मक भूमिका निर्वाह गर्न सकेको छैन् ।
अर्कोतर्फ शिक्षा अनिवार्य हो भन्ने नाममा जसरी पनि पास गर्नुपर्छ भन्ने पुरानो मान्यताका कारण जिल्लाको शैक्षिक क्षेत्रमा केही चुनौतीहरु समेत थपिएका छन् ।
विगतको तुलना गर्ने हो भने यसपटकको एसएलसी परिक्षाको नजिता नराम्रो भयो यसलाई अर्को अर्थमा राम्रो सुधार भएको मान्नुपर्छ ।
्जसरी भएपनि चिट चोरेर वा बाहिर हल गरेको कपि भित्र लिएर वा अन्य जे जसो गरेर पनि पास हुनुपर्छ भन्ने विद्यार्थीहरुको दरिद्र मानसिकतालाई भने यसपटकको परिक्षाले निकै सवक सिकाएको छ ।
आगामी दिनहरुमा पनि शान्त परिक्षाको कल्पना गर्दै विद्यार्थीहरुको पठनपाठनमा अलि बढी प्रभावकारी बन्ने अभियानमा जिल्ला शिक्षा कार्यालय, हरेक विद्यालयका शिक्षकहरु, र आफ्ना वालवालिका पढाउने अभिभावकहरु समेतले उत्तिकै दायित्व निर्वाह गर्नुपर्ने देखिन्छ ।





