किसानको सुरक्षा बारे गतिलो रणनीति आवश्यक

दिनभर खेतवारीमा पसिना वगाएर आफ्नो आर्थिक अवस्था सँगै समग्र देशको आर्थिक अवस्थालाई थाम्न सक्ने निकै धेरै संभावना बोकेको कृषि क्षेत्र अहिले दैलेखमा बामे सर्ने अवस्थामा पुगेको देखिन्छ ।
जिल्लाको कृषि क्षेत्रको उत्पादन बिगतको तुलनमा प्रगती भएको मान्नुपर्ने अवस्था आएको छ । पाँच बर्षअघि भारतको तरकारी आउने दैलेखमा यतीवेला दैलेखमा उत्पादन भएका विभिन्न तरकारीहरु उल्टै भारतसम्म बिक्रिका लागि पुग्ने गरेका छन् ।
तरकारी सँगै विगतदेखी सुन्तला उत्पादनमा नामै कमाएको दैलेख अहिलेपनि सुन्तला उत्पादनले देशभरी परिचित छ  ।
यतीवेला जिल्लाका विभिन्न भू भागहरुमा कृषकहरुले निर्माण गरेका सुन्तलाका बगैचाहरु हेर्ने हो भने त्यसले कृषकलाई मात्र हैन लटरम्म सुन्तला फलेको हेर्दा जो कोही पनि मोहित हुने गर्दछन् । यो बर्ष कतिपय स्थानहरुमा सुन्तलाको उत्पादन राम्रो देखिएपनि कतिपय कृषकहरुका बगैंचाभने खाली रहेका छन् ।
बर्षभरी सुन्तला उत्पादनबाट भएको आम्दानीले घरपरिवार र बालवालिकाहरुको पठन पाठन लगायतका खर्च उठाउने गरेका कतिपय कृषकहरु यसपालि उत्पादनमा ह्रास भएपछि निकै धेरै चिन्तित बनेका छन् ।
गतबर्ष असिना र बगैचा व्यवस्थापन सुधार नभएकोले उत्पादन घटेको भएपनि यो बर्ष जिल्ला कृषि विकास कार्यालयले वगैचा सुधारलाई महत्व दिएको बताएपनि दैलेखको छिउडीपुसाकोट ५ का नगेन्द्र खड्कालाई भने अहिले निकै चोट परेको छ । गतबर्ष दुईलाख पचास हजार बनाएका उनको बगैंचामा यो बर्ष १५ हजार पनि नहुने देखिन्छ ।
यस्ता धेरै कृषकहरु छन् जसका लागि          राज्यले उचित पहल थाल्नुपर्ने देखिन्छ । अव जिल्ला कृषि विकास कार्यालयले पनि व्यवासायिक कृषकहरुको बालि बिमा गर्नुपर्ने देखिएको छ । अर्कोतर्फ राज्यले उचित क्षेतिपुर्ती समेत दिनुपर्ने देखिन्छ  । सरकारले पीडित कृषकहरुका लागि गतिलो रणनीति नवनाए कृषकहरुका दुःख खेर जाने देखिएको छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार