दैलेखको पर्यटकीय क्षेत्र बिकासमा अँझै धेरै बर्ष लाग्ने संभावना बढेको छ । बल्ल बल्ल दैलेखको पर्यटन विकासका लागि राष्टिूय स्तरका नीति निर्माताहरुको ध्यान दैलेखतर्फ केन्द्रित भएको छ । यहाँ रहेका ऐतिहाँसिक र पर्यटकीय स्थानहरुको लागि स्थानीय वासिन्दाहरुले बल्ल बल्ल यसको संरक्षण र संर्वद्धन गर्नुपर्छ भनेर चासो दिन थालेका वेला राष्टिय स्तरमा वसेर नीति निर्माण गर्नेहरुले समेत बल्ल बल्ल यसलाई चिन्न थालेका छन् ।
काठमाण्डौं, लुम्बिनी पछिको तस्रो स्थानमा परेको भनेर विभिन्न बिश्लेषण गरिएपनि राज्यले दैलेखलाई नीतिगत रुपमा राख्न अँझै केही बर्ष कुर्नुपर्ने देखिएको छ । अव दैलेखी जनताहरुले यसपालि चुनाव जितेर गएका सभासद र अव वन्ने संभावना बोकेको काँग्रेस र एमालेको सरकारवाट समेत दैलेखलाई उच्च प्राथमिकतामा राख्न सक्छन् की भन्ने झिनो आशा पालेका छन् ।
किनकी जतीवेला दैलेखका जनताहरुले न्यायको लडाँईको सुरुवात दैलेखबाट गरेका थिए त्यतीवेला काँग्रेस एमाले सहित अन्य केही दलका नेताहरुले दैलेखको दुल्लुवाट तेस्रो जनआन्दोलनको घोषणा समेत गर्न भ्याएका थिए । साँच्चै दैलेखका वाट गरिएको यो उद्घोषलाई अव वन्ने सरकार र सरकारमा जाने नेताहरु बुझ्न सक्छन् की सक्दैनन् त्यो भने जिल्लावासीहरुले हेर्न बाँकी नै छ किनकी तत्कालिन समयमा दैलेखबाटै आन्दोलनको घोषणा गर्ने नेताहरु सवै सरकारमा जाने पक्का भएको छ ।
नामै उल्लेख गर्ने हो भने पनि एमालेका बामदेव गौतम, काँग्रेसका रामसरण महत लगायतका नेताहरुले यदी यदी अव दैलेखको वारेमा केही गम्भिर निर्णयहरु गर्न सकेनन् भने दैलेखीहरुले गरेको लडाँई र त्यसमा साथ दिन आएका नेताहरुले केवल आफ्नो सत्ताको भ(याङ्ग बाहेक अरु केही नवनाएको पक्का हुने छ ।
अव नेपाली काँग्रेस र एमालेका नेताहरुले संविधान निर्माण गरि, दैलेखी जनताको बिकासका लागि समेत उच्च प्राथमिताका दिनुपर्ने बेला आएको छ । यतीवेला पनि दैलेखी जनताको ईच्छा र चाहनालाई कदर गर्न सकेनन् भने आगामी चुनावमा समेत निकै ठूलो झापड खेप्नुपर्ने बेला आएको छ ।





