पारदर्शीताको खाँचो

दैलेखमा निकै महत्वको योजना निर्माण सुरु गरिएको छ । नयाँ खानेपानी आयोजना अव एक बर्षभित्र सम्पन्न हुने अभियानका साथ निर्माण कार्य सुरु गरिएको छ ।
बिशेषत पहिलो दोस्रो किस्ता रकम निकासका लागि निर्माण कार्य निकै छिटो गर्ने र तेस्रो किस्तापछि ठेकेदारहरु हराउने प्रचलन दैलेखका ठूला आयोजना निर्माणमा देखिएको छ ।     जिल्लावासिहरु अहिले त्यसकै बिरुद्धमा खबरदारी दिन कस्सिएका छन् । २०३३ सालमा निर्माण गरिएको खानेपानी आयोजनाबाट पानीको आपुर्ती हुँदै आएको दैलेख बजारमा अव १ बर्षपछि खानेपानीको समस्या दिगो रुपमा समाधान हुने देखिएको छ । यसका लागि नेपाल सरकारले गरेको यस्तो महत्वपुर्ण कार्यको जनताहरुले स्वागत गरेका छन् ।
दैलेख सदरमुकाम र दैलेखका बासिन्दाहरुको लागि निकै अपरिहार्य योजनाको रुपमा रहेको उक्त आयोजना वन्न नसक्ने अवस्था आएको भए केही समयपछि दैलेखको सदरमुकाम रबस्तिनै परिवर्तन गर्नुपर्ने खतरा उत्पन्न हुने संभावना रहेका वेला निर्माण सुरु गरिएको   करोडौंको महत्वपुर्ण आयोजना दिर्घकालिन रुपमा संचालनमा आईरहनका लागि जिल्लावासी आम उपभोक्ताहरुले हरेक क्रियाकलापहरुमा ध्यान पु¥याउनुपर्ने देखिएको छ  ।
किनकी सवैको जीवनसँग जोडिएको यस्तो आयोजना एक दुई बर्ष मात्रै चल्ने कम संरचनामा बन्यो भने पुनः सरकारले दैलेखी जनताहरुका लागि अनुदानको व्यवस्था गर्नेवाला छैन् । आयोजना निर्माणको जिम्मेवारी लिएका विभिन्न निकायहरुले पनि हालसम्म दिएको चासो सकारात्मक रहेको र अरु महत्वपुर्ण कार्यहरुका बेला पनि यसरीनै चासो दिनुपर्ने देखिएको   छ । आयोजनाका हरेक कुराहरु पारदर्शी रुपमा जनताहरुले चाहेको बेला जानकारी दिनसक्ने वातावरणको सृजना गर्नुपर्दछ ।
जवसम्म स्थानीयहरु नै यस्ता कुराहरुको      वारेमा चनाखो हुन सक्दैनन् तवसम्म कुनैपनि योजना र आयोजनाहरु दिगो रपमा संचालन हुन निकै गाह्रो हुने देखिन्छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार