एमाओवादीको चरित्र बुझिनसक्नु

संविधान सभा निर्वाचन सम्पन्न भएको एक   महिना पुगिसकेको छ  निर्वाचनमा धाँधली भयो भनेर समानुपातिक तर्फको नामावली नपठाउने एमाओवादीको द्वेध चरित्रका कारण अहिलेसम्म नया सरकार गठन हुन नसकेको हो ।
एमाओवादीले समानुपातिक तर्फको नामावली नपठाएकै कारण नेपाली काँग्रेसको आग्रहमा निर्वाचन आयोगले एक हप्ताको लागि म्याद थप गरिएको थियो । एमाओवादीलाई पनि सरकार गठन र संविधान निर्माण प्रक्रियामा समावेश गरेर चाहना बोकेको नेपाली काँग्रेसले दिनदिनै एमाओवादीसँगको वार्ता गर्दै आएको छ । उच्च स्तरीय संयन्त्रमाफर्त केही दिन देखि नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादी दलहरुले सहमतिका लागि दिनदिनै वार्तामा बस्दै आएका छन् । एमाओवादीका हठका कारण वार्ता दिन दिनै निष्कर्षविहिन बन्दै आएका छन् । उच्चस्तरीय छानबिन समिति गठन गर्न एमाओवादीले दबाब दिन थालेपछि वार्ता लम्बिदै गएको छ ।     राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको पुष्टि भएपनि एमाओवादीको कारण अहिलेसम्म समानुपातिक तर्फको नामावली छान्न ढिलाई भएको छ । निर्वाचनमा सबैभन्दा बढी तामधाम र करोडौ रकम खर्च गरेर पनि हार खाएका एमाओवादीले धाँधली भएको भन्दै गैर जिम्मेवारी अभिव्यक्ति दिएर दुनियालाई हसाएका छन् ।
नेपालमा निर्वाचनको परिणामलाई नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलहरु मानी सकेको अवस्थामा एमाओवादीले देखाएको चरित्रका कारण सरकार गठनमा ढिलाई हुँदै आएको छ ।
्    नेपालमा नेपाली काँग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा सफल भएका छन् भने एमाओवादी पुरानै स्थानमा फर्कन सफल भएका छन् ।   २०६४ सालमा नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले दुई वटै ठाउँबाट पराजीत भएपछि महासचिव पदबाटै राजीनामा दिएको थियो भने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी तेस्रो स्थानमा पुगेपछि पार्टीको अध्यक्षबाट   राजीनामा दिनुको सट्टा धाँधली भयो भनेर द्वेध  चरित्र देखाएको प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार