गाउँको जीवन भन्दा शहरीया जीवनका लागि मानिसहरुले खर्च गरेका विभिन्न पक्षहरुको अध्ययन र अनुसंन्धान गर्नुपर्ने देखिएको छ । किनकी गाउँमा हुने सहज जीवनभन्दा शहरमा हुने महंगो जीवन कथाले मानिसहरुलाई केही न केही गलत गर्न बाध्य तुल्याएको छ ।
काठमाण्डौं, नेपालगंज, सुर्खेत हुँदै दैलेख सम्म आएको पछिल्ला समयको चर्चीत व्यवसाय बनेको यौन व्यवसायले दैलेखमा पनि छोएको छ ।
कानुनी रुपमा बन्देज गरिएको लेनदेनको यस्तो व्यवसायका कारण अधिकाँस घरपरिवार, ठूला घरघराना र तल्लो तहसम्मका हरुलाई छोएको छ ।
पछिल्लो समयमा फस्टाउँदै गएको यौन व्यवसाय रोक्नका लागि स्थानीय संचार माध्यामहरुमा समेत यसवारे निकै खोजमुलक कुराहरु प्रकाशन र प्रसारण नभएका होईनन् तर सम्वन्धित निकायहरुकै कमजोरीका कारण यस्ता घटनाहरु मा संलग्नहरुलाई कानुनी उपचार हुन सकेको छैन् । कतिपयले यसलाई मनोरञ्जनको साधन बनाएका छन् त कतिपयको बाध्यताको ब्यवसाय समेत बनेको छ । यसैको एउटा उदाहरण बन्यो जन्मने वित्तिकै मारिएको शिशुको शव भेटीएको घटना ।
समाजमा हुने यस्ता अपराधिक घटनाहरुको गहिरो अध्ययन गरि आगामी दनिहरुमा यस्ता घटनाहरु नदोहोरिनकालागि सम्वन्धित निकायले कानुनी उपचारका कुराहरुलाई अगाडी बढाउनुपर्ने देखिएको छ ।
निमुखा र सोझाहरुको लागि मात्र कानुन हो भन्ने कुरा चिर्नुपर्ने देखिएको छ ।





