सबैको खोजी गर्नसके राम्रो

गत बर्षको एसएलसी परिक्षाको नतीजाको बिषयलाई अध्ययन र विश्लेषण गर्ने हो भने जिल्लाको परिक्षाको नतिजा निरासाजनक भएको छ । परिक्षामा संलग्न भएका विद्यार्थीहरुका लागि एक बर्ष नतिजाले समस्या ल्याएपनि त्यसको दिगो समाधानका लागि सवैले समयमै पहल गर्नुपर्ने देखिएको छ ।
पछिल्ला समयमा शिक्षक विद्यार्थी र अभिभावकहरुले पनि यसको वारेमा बिशेष चासो दिनुपर्ने देखिएको छ । शिक्षा क्षेत्रमा गरिएको राजनीतिले पनि विद्यार्थीहरुको अध्ययन र अध्यापनामा समस्या देखिएको छ भने अर्कोतर्फ शिक्षकहरुले समेत विद्यार्थीको पठनपाठनका लागि उचित ध्यान दिनुपर्ने देखिएको छ ।
आफ्ना विद्यार्थीहरुले के कसो गरेका छन् भनेर अभिभावकहरुले समेत वेला बेलामा चासो र चिन्ता व्यक्त गर्नुपर्ने देखिएको छ । यो सँगै दुर्गम लगायतका अधिकाँस विद्यालयहरुमा देखिएको भौतीक पुर्वाधार निर्माण र जिल्ला शिक्षा कार्यालय दैलेखले वेला वेलामा गर्ने विभिन्न अनुगमनलाई कडाईका साथ अगाडी बढाउनुपर्ने देखिएको छ ।
कतिपय शिक्षकहरु विद्यार्थीहरुलाई पढाउने समयमा मदिरा सेवन गरेर पढाउन जाने      गरेका जस्ता गुनासाहरुलाई शिक्षकको हकहितका लागि लडिरहेका विभिन्न संघ, संगठनहरुले पनि वेलैमा चासो दिन सकेमा मात्र जिल्लाको समग्र शैक्षीक अवस्थामा सुधार हुने देखिएको छ ।
सवैले आ आफ्नो जिम्मेवारी वोध गरेर अगाडी बढेमा दैलेखको शैक्षिक स्तर आगामी दिनहरुमा निकै राम्रो भएर जाने देखिएको छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार