परोपकार भन्ने शब्द पुर्खादेखीको निकै राम्रो चल्तिको शब्द हो परोपकार गर्नेवारेमा सवैले विगतका दिनहरुलाई सम्झनुपर्ने देखिएको छ ।
साँझको बेलामा घरमा आएका पाहुना भगवान हुन्छन् त्यस्ता व्यक्तिहरुको सम्मान गर्नुपर्छ भन्ने विगतको प्रचलन यतीवेला हराएको छ । समाजको परिवर्तनले कोल्टे फेर्दे गर्दा यस्ता कुराहरुपनि आजभोली हराउँदै गएका छन् । समाजको विगतको प्रचलन अहिलेको प्रचलनमा समेत आकाश पातातको फरक देखिएको छ ।
पछिल्ला बर्षहरुमा संसार एउटा छिमेकी जस्तो सम्बन्ध राख्ने र ग्लोवल भिलेजको रुपमा बिकसीत भएको छ । यसरी संसारको बिकास क्रमलाई पछिल्ला दिनहरुमा दिनहुँ आउने नयाँ नयाँ प्रबृधीहरुले झनै नजिक बनाएका छन् । संसारको जुनसुकै स्थानमा भएपनि चाहेको बेला प्रत्यक्ष कुराकानी गर्न सकिने गरि बिकास भएको संसारलाई अँझै प्रभावकारी बनाउनका लागि विभिन्न परोपकारका संस्थाहरु खुलेका छन् ।
परोपकारी संस्थाको रुपमा रहेको अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त लायन्स क्लवको दैलेखमा पहिलो शाखा गठन गरिएको छ ।
दैलेखका स्वास्थ्य र शिक्षा क्षेत्रका विभिन्न समस्याहरुका साथै मोतिविन्दु लगायतका रोगहरुबाट पीडित भएकाहरुको निशुल्क उपचारमा सहयोग पु¥याउनका सहयोगि हातहरुका लागि पनि यो संस्था निकै फलदायी हुने देखिएको छ । त्यसैले सवैको सहयोग यसमा पुग्नुपर्ने देखिएको छ ।





