पहिला दैलेखका बासिन्दाहरुहरुले सिस्नो काटेर दिन भरी घाममा सुकारएर साझ भैसीलाई घासको रुपमा प्रयोग गरी बढि दुध बनाउलाई सिस्नो भैसीलाई हाल्थे गर्दर्थे भने आजभोली त्यही सिस्नो दैलेखका बिभिन्न होटलमा स्थानीय उत्पादनका रुपमा लिएर आम्दानीको स्रोत बनेको छ ।
जिल्लाका लघु उद्यमीहरुले प्रशोधन गरी राजधानीका पाँचतारे होटलदेखि सात समुद्रपारिको युरोपसम्म पठाउने गरेका छन् ।
नारायण नगरपालिका र भवानी गाविसबाट राजधानीको त्रिपुरेश्वरस्थित सौगात माइक्रो प्रमोसन प्रालिमार्फत् देश विदेशसम्म आपूर्ति व्यवस्था मिलाए पछि अहिले किसानहरु बारीमा भएको सिस्नोलाई टिपेर राख्ने गरेका छन ।
जिल्लाबाट मासिक २ क्विन्टलका दरले सिस्नुको धूलो राजधानी निर्यात हुने गर्दछ । लघु उद्यम विकास कार्यक्रम (मेडेप) ले १ सय ५० जना लघु उद्यमी उत्पादन गरी सिस्नो प्रशोधन औजार वितरण गरेपछि स्थानीयबासी त्यसतर्फ आर्कषित हुदै गएका हुन ।
प्रशोधनका लागि कात्तिकदेखि बैशाखसम्मको समय उपर्युक्त हो । देशविदेशमा यसको माग बढेपछि उद्यमीहरु झन् उत्साही छन् । जाडो मौसममा निकै उपयोगी मानिने सिस्नुमा भिटामिन ए, आइरन, क्याल्सियम र मिनरल्स पाईन्छ ।
दैलेख जिल्लामा स्थानीय स्तरमा काम गर्ने बिभिन्न सरकारी तथा गैर सरकारी सस्थाहरुले स्थानीय उत्पादनलाई जोड दिएर स्थानीय स्तरमा भएको उपलब्ध बस्तुलाई सहि तरिकाले प्रसोधन गरिएको खण्डमा दैलेखका किसानले हरुको मुख ताक्नु पर्ने थिएन । त्यसैले स्थानीय स्तरमा काम गर्ने सबै सरोकारवाला निकायले स्थानीय उत्पादनलाई प्रथामिकता दिन जरुरी देखिन्छ





