अझै चेतना आवश्यक

दैलखका विभिन्न दुर दराजमा भएका पुरातन र परम्परागत सोचहरुमा अँझै परिवर्तनको खाँचो देखिएको छ । परिवर्तन आफैमा चुनौतीको बिषय बनिरहेका बेला विगतदेखी विभिन्न समस्या र हेपचेपबाट पीडित भएका महिलाहरुले अँझै समाजमा खुलेर आफ्ना समस्याहरु राख्न नसक्ने अवस्था विद्यमान छ ।
आफ्ना बाहिरका समस्याहरु त राख्न नसक्ने महिलाहरुले कसरी भित्रि समस्याहरुलाई खुलाउन सक्छन् । यस्ता थुप्रै समस्याहरु गाउँघरमा देखिएका छन् । अर्कोतर्फ कम उमेरमै हुने बिवाहका कारण महिलाहरुमा अँझै धेरै समस्याहरु देखिन थालेका छन् । महिनावारी भएपछि छोरीको उमेर पुग्यो भन्दै बिवाह गरिदिने एउटा समस्या समाजमा अँझै कायमै रहेको छ भने अर्कोतर्फ विभिन्न प्रवृधिका कारण पनि पछिल्लो समयमा कम उमेरमै बिवाह गर्नेहरुको संख्या उलेख्य हुँदै गएको छ ।
गाउँस्तरमा विभिन्न समयमा गरिएका चेतनामुलक क्रियाकलापहरुले सामान्य रुपमा महिलाहरु समाजमा खुल्न सक्ने भएका छन् तर पाठेघर जस्ता भित्रि समस्याहरुका बारेमा अँझै महिलाहरुले खुला रुपमा बहस गर्न सकेको देखिदैन ।
जिल्ला स्वास्थ्य वा अन्य कुनै निकायवाट गरिने चेकजाँचपछि मात्र थाहा हुने पाठेघर खस्ने समस्याका मुल कारकको रुपमा रहेका कम उमेरमै गरिने बिवाह रहेको छ । सानै उमेरमा गर्भवती बन्ने प्रचलनलाई रोक्नको लागि अँझै चेतना जरुरी देखिन्छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार