अवपनि संबिधान जारी नगरे के होला

नेपालको राजनीति रंगमञ्चका विभिन्न उकाली र ओरालीहरुको पार गर्दै गर्दा पहिलो संविधान सभा सकिएर पुनः दोस्रो संविधान सभाको चुनाव सम्पन्न पश्चात पहिलो पटक दोस्रो संविधान सभाको पहिलो बैठक समेत सम्पन्न भएको छ ।
संविधानसभाका जेष्ठ सभासदका हैसियतले सूर्यबहादुर थापाको अध्यक्षतामा बसको बैठकले पुनः नेपाल र नेपालीहरुको भाग्य र भविष्यको बारेमा फैसला गर्ने काम गर्नुपर्छ भन्ने मान्यता आम नागरिकहरुको रहेको छ ।
राष्ट्रपतिलाई परिवर्तनको माग राखेका काँग्रेस र एमाओवादीको विपक्षमा सर्वोच्च अदालतले निर्णय गरेपछि आजदेखी कस्तो परिस्थिती आउने हो अँझै अन्यौलता थपिन सक्ने खतरा समेत बढेको छ ।
सरकार र सदन भन्दा जनताको चाहनाअनुरुपको संविधानलाई मुख्य बनाएर अगाडी बढ्ने भन्दै जनतासमक्ष भोट मागेका दलहरुले यसपालि पनि संविधान जारी गर्न सकेनन् भने त्यसपछिको उत्पन्न परिस्थितीले कस्तो रुप लेला त्यसको बारेमा अहिलेदेखी नै ठूला मानिएका दलहरुले बिचार गर्नुपर्ने देखिएको छ ।     अँझैपनि विभिन्न समस्याहरु नेपाली राजनीतिमा कायमै रहेको देखिएको छ किनकी अवको मुल मुद्धा सरकार गठन रहेको छ ।               राष्ट्रपतिको बारेमा बढी चासो देखाएको एमालेले सरकारमा जाने वा नजाने कस्तो खालको निर्णय गर्ने हो त्यो पनि समस्याको रुपमा रहेको छ भने अर्कोतर्फ  जनताको संविधान निर्माण भनेर गएकाहरुले यसपालि पनि संविधान जारी गर्न सकेनन् भने विगतका बर्षदेखी राज्यको नामबाट खर्च गरिएको करोडौं रकमको बारेमा कस्तो उत्तर दिनेहुन् दलहरुले । अवपनि जनताहरुले माफि दिनेवाला छैनन् यसपालि माओवादी तेस्रो भर्एझै अर्कोपालि कस्को पालो पहिलो हुने हो त्यो भने हेर्न बाँकी नै छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार