हात्तिपाईलेको औषधी सबैले आनु अनिबार्य

दैलेख पहाडी जिल्ला हो तराईको जस्तो गर्मीमा अत्याधिक गर्मी र जाडोमा अत्याधीक जाडो हुने ठाउँ पनि होईन तर बिकास क्रमको दौरानमा दैलेख नेपालगंज र सुर्खेतभन्दा धेरै टाढा छैन् किनकी नेपालगंजको दुरी सँग यातायातले जोडे लगत्तै त्यहाँका हरेक क्रियाकलापहरुसँग दैलेखको प्रत्यक्ष सम्वन्ध रहेको छ ।
दैनिक दर्जन भन्दा बढी यातायातका साधानहरु सोझै दैलेख आउने गरेका छन् । नेपालगंजमा हुर्केका लामखुट्टे जातका परजीवीहरु सजिलै दैलेख भित्रिने भएकै कारण दैलेखमा पछिल्ला बर्षहरुमा क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने हात्तीपाईले रोगको संक्रमण बढेको छ । गतबर्षको तत्थ्याँकलाई मात्र आधार मान्ने हो भने  जिल्लामा २६ जान बिरामी फेला परिसकेका छन् ।
दैलेखको बेलपाटा, गमौडी, मेहेलतोली,      डाँडापराजुल लगायतका गाविसहरुमा हात्तीपाईलेका २६ जना बिरामी फेलापरेका छन् यसको असर अँझै सदरमुकाममा बढी देखिएको हुनसक्छ तर विगतको हात्तीपाईले औषधि सेवनको अभियानमा बढीजसो सदरमुकामका मानिसहरुले नै यसको प्रयोग       नगरेको भेटीएको छ । सामान्य रगत र पिसावको जाँचबाट सोझै पत्ता लाग्ने हात्तीपाईले रोगको      बारेमा निशुल्क रुपमा नेपाल सरकारले सुरु गरेको अभियानमा दैलेखका आम नागरिकहरुले समेत साथ दिनुपर्ने देखिएको छ । रोगको सामान्य संक्रमण भएकाहरुले औषधि सेवन मात्र गरेको खण्डमा यो रोगबाट बच्न सकिने भएकोले यस्तो अभियानमा सवैले साथ दिनुपर्ने देखिएको छ ।  बिशेष            परिस्थिती बाहेक २ बर्षदेखी माथिका सवैले अनिवार्य औषधि सेवन गरेमा मात्र जिल्लावाटै हात्तीपाईले    रोगको निर्मुल हुन सक्छ अन्यथा असम्भव देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार