महासंघको चुनाव र पूर्वाग्राहि मानसिकता

नेपालमा संविधान सभाको महत्वपुर्ण चुनाव सम्पन्न भएको छ । संविधान सभाको चुनावपछिको अर्को निकै महत्वपुर्ण मानिएको नेपाल पत्रकार महासंघको चुनावले पनि अहिले पुनः माहौल तताएको छ । बिसुद्ध रुपमा पत्रकारहरुको छाता संगठनको रुपमा रहेको पत्रकार महासंघमा केन्द्रिय चुनाव अगाडी जिल्ला जिल्लाबाट चुनिएका अध्यक्ष र पार्सदहरुले निर्वाचित गराउने महत्वपुर्ण जिम्मेवारी पाएका हुन्छन् ।    चुनावको मिति अहिलेसम्म घोषणा गरिएको छैन् तर माघ महिनाको चिसोमा समेत चुनावका विभिन्न माहौलहरु तातिएका छन् । चुनाव सवैका लागि प्रतिश्पर्धा गर्ने ठाउँ हो । चुनावकै बेला कतिपयले भाग नपाएर पद नपाएर यता उता भैरहने यो विगतदेखिको प्रचलन हो । यसलाई सवैले सहज रुपमा बुझ्नु पर्दछ ।
जिल्लामा देखिएको चुनावी माहौल सँगैको एकतर्फी रिस गर्ने प्रवृर्तीका कारण पाठकहरु समेत अन्यौलमा परेका छन् । कसको कुरा सहि हो वा कसको कुरा गलत हो भन्नेमा समेत सवैलाई सोच्नुपर्ने बनाएको छ । एकतर्फी रुपमा अराजक शैली अपनाएर गरिएको दुई चार दिनको झोले पत्रकारिताले समेत सवैलाई निरासा बनाएको छ ।
पत्रकार महासंघ भनेको सवैको साझा संस्था हो आफ्नो हैकम हुनेबेला अरुलाई निकै सताउने मानसिकता प्रर्दशन गर्ने र आफुभन्दा बाहिर शक्ति पृथकीकरण भयो भने नानाथरी वकल्दै हिड्नु मर्खले दिमाग गुमाएझै हो ।
पत्रकार महासंघ सवैको साझा संस्था हो साझा संस्थामा सवैले मिलेर अगाडी बढ्ने   बातावरणको सृजना गरौं । दरिद्र र पुर्वाग्रहि मानसिकताको अन्त्य गरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार