सुविधा सम्पन्न आर्युवेद अस्पताल बनाऊ

मानव जीवन स्वस्थ राख्नका लागि विभिन्न औषधिहरुको सेवन जरुरी देखिएको छ । पछिल्ला दिनहरुमा विभिन्न रोगहरुका लागि सेवन गरिएका विभिन्न औषधिहरुले मानव जीवनमा त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव देखाएका छन् ।
यसरी औषधिहरुको गतल प्रयोग र केही खानैपर्ने औषधिको प्रयोगबाट पर्ने नकारात्मक प्रभाव बढीरहेका बेला कुनै पनि असर नपर्ने आर्युवेद औषधिको जिल्लामा प्रभाव बढ्दैै गएको छ ।
आर्युवेद औषधिवारे मानिसहरुमा जनचेतना बृद्र्धी भएपनि यसले चाहेअनुसारसेवा विस्तार गर्न सकेको छैन् । जिल्लाभरका अन्य सरकारी कार्यालयहरु मध्ये सबैभन्दा कम बजेट आउने आर्युवेद कार्यालयले विगतदेखी नै चाहेर पनि राम्रो सेवा दिन सकेको छैन्  । किनकी जनताहरुलाई दिने सेवा सुविधाका लागि आवश्यक भौतीक पुर्वाधारहरु अहिलेसम्म निर्माण हुन सकेका छैनन् । यो जिल्लावासिहरुका लागि चुनौतीको कुरा हो ।
तत्कालिन समयमा सुरक्षाको कारण देखाई साही नेपाली सेनाले जिल्लाका विभिन्न  सरकारी कार्यालहरु अन्यत्र सारिए सँगै आर्यूवेदको भवन पनि सेनाले लियो अन्य कार्यालहरुको बिकल्प भैसक्दा पनि हालसम्म आर्युवेद कार्यालयको बिकल्प खोजीएको छैन्  । जसका कारण मानिसहरुले अँझै राम्रोसँग आर्युवेद सेवा लिन सकेका छैनन् ।
अव नयाँ आर्युवेद अस्पतालको नयाँ जग्गा खोजी देखी अस्पताल निर्माण सम्मका कामहरुको जिम्मा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, प्रशासन र अन्य निकायको हो । यसपाली पनि आर्युवेद अस्पताको बारेमा आवाज उठाउन सकिएन भने दैलेखमा आगामी दिनहरुमा कहिल्यै पनि अस्पताल निर्माण हुनेवाला छैन्  त्यसैले सवैले समयमै बिचार गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार