दैलेख पहाडी र दुर्गम जिल्ला सँगै भिरालो जमिन भएकाले यहाँको उत्पादन कमि हुने विगतदेखीकै समस्या हो ।
उत्पादन भएको अन्नवालीले खाना नपुग्ने र विभिन्न समयमा भोगमारि लगायतका समस्याहरु सानो भएपनि संचारमाध्यामहरुमा निकै चर्चीत हुनेगरी छाउने भएकोले समेत दैलेखमा धेरै समस्या भएको देखिन्छ ।
कतिपय ठाउँहरु बास्तवीक रुपमा समस्याग्रस्त छन् । यस्ता ठाउँहरुका लागि बेला बेलामा विभिन्न निवारणका कार्यक्रमहरु मार्फत कसैले कुखुरा, कसैले खसी, कसैले चामल लगायतका समाग्रीहरु समेत पुर्याउँदै आएको देखिन्छ । कतिपय बारिहरु यही बाहानामा बाँझै रहेकोले समेत मानिसहरुमा परनिर्भता बढेको हो की भन्ने पनि आशंका उत्पन्न हुन थालेको छ । बिशेष गरि अँझै दैलेखका पश्चिम, पुर्वी र उत्तरी क्षेत्रमा यस्तो समस्या देखिएको छ । भिरालो जमिन र कम उत्पादन हुने भएकै कारण यस क्षेत्रका मानिसहरुको अधिकाँस समय कमाई गर्ने स्थान भारत हुने गर्दछ ।
गाउँ गाउँमा सहकारी घर घरमा भकारी लगायतका विभिन्न नारायहरु समेत बेला बेलामा आउने गर्दछन् तर यस्ता नाराहरु रकम आएका बेला मात्रै उठ्ने र अरु समय कता हराउने गरेका छन् । बास्तवमा मानिसहरुको स्तर उन्नती र कृषिमा उन्नत प्रवृधीको विकास जवसम्म हुँदैन तवसम्म पहाडी जिल्लाहरुको समस्यामा भारी परिवर्तन गर्न गाह्रो दखिन्छ । कतिपय विदेश गएका परुषहरुले अहिले गाउँमै राम्रो ईलम गरेर बस्न सकेका छन् यस्तो परिवर्तन विस्तारै देखिएको पनि छ । अहिले कतिपय गाउँहरु परुषबिहीन छन् त कतै घरमा पुरुषहरु र हेरचाह गर्ने मानिसहरु नभएकै कारण महिलाहरु थुप्रै पीडाहरु भोग्नु परेको छ यसका लागि सवै निकायहरुले योजनाबद्ध बिकासको सुरुवात गर्न सकेमा मात्र दैलेखको समस्या समाधान हुने देखिन्छ ।





