राजतितिक संकट आउने खतरा

नेपालको राजनीतिक रंगमञ्चमा फेरी नयाँ आयाम थपिएको छ । जनताले ठूलो दलको हैसियत दिएका नेपाली काँग्रेस र एमालेवीच देखिएको सत्ताको खेलले अँझै राजनीतिक उतारचढावलाई समस्या उत्पन्न हुने संकेत देखिएको छ ।
नेपाली जनताहरुले धेरै बर्ष गरेको दुःखलाई समायोजन गरेर आफ्ना हक र अधिकारको वारेमा नयाँ संविधान निर्माणलाई चासो नदिएको भन्दै भर्खरै सम्पन्न भएको संविधान सभाको चुनावको मत परिणामले दिएको काँग्रेस र एमालेको सफलता पुनः धुलोमा मिसिने खतरा बढेको देखिएको छ । अव काँग्रेस र एमालेले देशको निकास दिन सक्छन् भन्दै ढुक्क भएका नेपाली जनताहरुमा पुनः अन्यौलता थपिएको छ । यस्तो परिस्थितीमा सवैले आ आफ्नो दायित्व बोध गर्नुपर्ने आवश्यकता देखिएको वेला एक्कासी सत्ता र गृह मन्त्रालयको बिषयलाई लियर बढेको बिवादले नयाँ राजनीतिमा पुनः संकट पैदा गर्नसक्ने खतरा उत्पन्न भएको हो । सहमती एउटा गर्ने र आफुजस्तो भएपछि सहमती भाँड्ने विगतको प्रचलनलाई दलका नेताहरुले अहिलेपनि कायमै राख्ने हो भने नेपाली जनताले चाहको शान्ति र संविधान निर्माणमा समस्या उत्पन्न हुनसक्ने खतरा बढेको छ । यस्तो कुरालाई अव सवैले ख्याल गर्नुपर्ने  देखिएको छ । रु छुटेका छन् त्यसलाई समाधानका लागि अव वन्दै गरेको नयाँ संविधानमा समावेस गर्नका लागि महिला अधिकारकर्मीहरुले कस्तो योगदान पु¥याउने हुन् त्यो भने हेर्न बाँकी नै छ । एमालेसँग गरिएको निर्णयलाई तत्काल कार्यान्वय गरेर मुलुकको निकासको महत्वपुर्ण जिम्मेवारी पाएको काँग्रेस र एमालेले पुनः सहमतीको खोजी गरि तत्काल संकट समाधानका लागि आवश्यक पहल नगरे नेपाली जनताहरुले भोलीका दिनहरुमा प्रदान गर्ने शक्ति हराउने खतरा बढ्ने संभावना देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार