जिममेवारी संबिधान निर्माण तर्फ

संविधान सभाको निर्वाचनका लागि भनेर चुनिएका सभासदहरुले अबको समय आफ्नो जिम्मेवारीलाई संविधान निर्माणतर्फ लगाउनुपर्ने देखिएको छ ।
अव मुलुकको भाग्य र भविष्य निर्माणका लागि कोरिएको लक्ष्मण रेखालाई पार गरेर जान नसक्ने अवस्थामा पुगेका दलहरुलाई यसपालिको समय त्यही रेखा सावित भएको छ किनकी संविधान जारी नगरे सवैको अस्तित्वमाथि खतरा उत्पन्न हुने संकेत त्यतीकै देखिएको छ । यस्तो जटिल परिस्थितीमा पुगेको नेपालको राजनीतिक संकट समाधान गर्नका लागि मुख्य रुपमा देखिएका तीनवटा राजनीतिक दलहरुनै प्रमुख हुन् तर पछिल्लो समयमा तेस्रो शक्तिको रुपमा रहेको एमाओवादीले अहिले प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्दै सत्ता बाहिर रहेको छ ।
सत्ता बाहिर भएपनि संविधान निर्माणमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने जर्मको गरेको
एमाओवादीलाई समेत यतीवेला सचेत           गराउनुपर्ने देखिएको छ । मुलुक संचालनको महत्वपुर्ण जिम्मेवारी पाएका राजनीतिक दलहरु मध्ये काँग्रेस र एमालेले यतीवेला संविधान निर्माणका लागि जुटेमा मात्र संभावना देखिएको छ ।
मुलुकको भाग्य र भविष्य निर्माणका लागि पनि यतीवेल मुलुकका राजनीति दलहरुले पनि नयाँ अभियान थालेर सत्ताको मोहभन्दा संविधान निर्माणको बाटोलाई अगाडी बढाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार