संबिधान पहिलो मुद्धा बनाउ

संविधान देशको मुल कानुन हो देशको मुल कानुन निर्माण नभएसम्म जनताका हरेक अधिकारहरुको सम्मान हुन सक्दैन् । जनताको अधिकारहरुको सुनिश्चितता गर्ने महत्वपुर्ण कडीको रुपमा रहेको संविधान र उक्त संविधान निर्माण गर्नका लागि बनेको संविधान सभाले विगतका दिनदेखि उल्लेख्य काम गर्न खोज्दा खोज्दैपनि अँझै त्यसले पुर्णता पाउन सकेको छैन् । जसका लागि  दुईपटकसम्म चुनाव भैसकेको छ ।विगतको चुनावले दिएका केही कुराहरु       पुरा गर्न नसकेका दलहरु आम जनताका मुल्य र मान्यता भन्दा व्यक्तिगत स्वार्थ र सत्ताभित्रको खेलमा दौडन थालेपछि यस्तो समस्या निम्तिएको छ ।
दोस्रो संविधान सभाले समेत अहिले जनताका आकाँक्षाहरु पुरा गर्नका लागि निश्चित रुपमा केही अधिकारहरु दिएको   छ । जसको अधिकार प्रयोग गर्नका लागि छानीएका सभासदहरुको आफ्नो अधिकार भन्दा केही निश्चित दल र दलसँग सम्वन्धित मुख्य व्यक्तिहरुको पछाडी लाग्नुपर्ने विगतदेखिको समस्या यसपालि पनि नहोला भन्न सकिदैन् । केहि निश्चित मापदण्डहरु होलान पार्टीका नीति र विचारहरु होलान तर संविधान निर्माण भएपछि अन्ततः त्यो आम जनताहरुको सरोकारसँग जोडिएर आउने बिषय भएकोले सवैले यसपालिको मुख्य बिषय संविधान निर्माणतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार