नेपाली काँग्रेस सभापती एवं नेपालका प्रधानमन्त्री शुसील कोईरालाको अभिव्यक्तिले नेपाली राजनीतिमा पुनः तरगं ल्याएको छ । बहुचर्चित ‘टनकपुर’ भारतको भूमि हो भनी नेपालमा नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाको ठोकुवा अभिव्यक्तिले नेपालीहरु कोइरालाप्रति क्रोधित हुने अवस्था सृजना भएको छ । यसलाई एक तहले स्वाभाविक भन्न मिल्छ । राष्ट्रवादी शक्ति र नेपाली जनताले टनकपुरलाई नेपाली भूमि भनिरहँदा प्र.म. कोइरालाले त्यसलाई भारतको भूमि बनाउनु पर्ने आवश्यकता किन आयो ?भन्ने तर्फ अव विश्लेषण गर्नुपर्ने देखिएको छ । नेपालीहरुले टनकपुरको भूमिलाई लिएर नेपालीको भूमि भन्दै केही बर्षदेखि गर्दै आएको आन्दोलन प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले झनै शंका पैदा गर्ने ठाउँ जन्माएको छ ।
केहीले उनलाई भारतको दलाली गरेर सत्ता जोगाउन खोजेको आरोप समेत लगाएका छन् । भने अर्को थरिले अर्कै अभिव्यक्ति दिएका छन् ।
कोइरालाको यस्तो अभिव्यक्तिप्रति टनकपुरबासीहरु लगायत समस्त स्वतन्त्र प्रेमी जनता रिसाएका छन् ।
मुलुकको महत्वपुर्ण भूमिका निर्वाह गर्ने पदमा पुगेका व्यक्तिहरुले वेला वेलामा आफु सत्ता मा पुगेपछि गर्ने लगत प्रवृतीका कारण जनताको विश्वास नेताहरु प्रति हराउँदै गएको छ ।








