चुनावको समिक्षा गर्नुपर्छ

नेपाल पत्रकार महासंघ दैलेख शाखा लगायत मुलुकका विभिन्न स्थानहरुमा चुनाव सम्पन्न भएका छन् । सवैलाई सजग बनाउने अभियानमा लागेका मुलुकका पत्रकारहरुले सम्पन्न गरेका चुनावका विभिन्न परिणामहरु सोच अनुरुप आउन सकेका छैनन्  किनकी सवैले आफ्नो चाहेको व्यक्तिलाई विजयी गराउनु उसको नैतिक अधिकार पनि हो ।
दैलेखमा सम्पन्न भएका विगतका तीनवटा निर्वाचनले पनि यस्तै सन्देश दिएको छ ।
संगठनले उठाएका व्यक्तिहरु मध्येका महत्वपुर्ण पदका व्यक्तिहरु जहिले पनि       पराजित हुने र अपवीत्र गठबन्धन गरेर    फरक व्यक्तिहरुले विजयी हुने क्रम यसपालिको चुनावमा पनि देखिएको छ । जे होस् यस्ता गतिविधिहरुमा मानिसका व्यक्तिगत स्वतन्त्रता हुन्छन् तर  दैलेखका निकै प्रभावशाली देखिएको प्रेस चौतारी नेपालमा विगतदेखी देखिएको यस्तो प्रवृतीले भने सिमा नाघेको छ ।
आगामी दिनहरुमा पनि यस्ता घटनाहरु दोहोरिनेमा कसैले शंका गर्ने ठाउँ छैन् । किनकी व्यक्ति बिशेषको राजनीति गर्ने बानी परिसकेको चौतारिका जिम्मेवारहरुबाटै हुने हरकत अन्त्यका लागि संगठन र सम्वन्धित निकायले गम्भिर समिक्षा गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार