उखानै छ तिमी अर्काले गरेको रिस मान्छौं त्यो राम्रो हो । किनकी मानिसमा ईश्या भएन भने प्रगती गर्न सक्दैन् । तिमी पनि प्रयास गर, सक्यौं राम्रो भो, प्रगती गर्न सकेनौं भने उसको विगार्न नलाग किनकी उसलाई बिगार्न खोज्यौ भने तिमी आफै विग्रने छौं ।
अरुले राम्रो गरेको देख्न सक्दैनौ भने आफुले नराम्रो नगर । हामीले अरुलाई सम्मान दिन सक्यौं भने मात्र अरुले आफुलाई सम्मान दिन सक्छ । तर जिल्लामा यस्तो कुरामा समस्या देखिएको छ । राम्रो कामलाई, राम्रो व्यक्तिलाई, राम्रो भन्ने नसक्ने संक्रिण मानसिकताका कारण जिल्लाको प्रगती हुन सकेको छैन् । जव राम्रो व्यक्तिलाई राम्रो भन्ने आँट हामिमा छैन् भने उसले गरेका राम्रा सन्देशहरुको कसले ख्याल गर्न सक्छ र ?
जिल्लाका हरेक कुराहरुलाई विगतदेखि नै सहि मार्गमा लिनुपर्छ भन्दै आवाज उठाउने “ आँखामा राख्दा पनि नबिझाउने गुरु ” खगेन्द्र मल्लको बिदाई गरिएको छ ।
अव हामी मध्येका जिल्ला चलाउँछौं भन्ने बर्गहरुले उहाँका हरेक कुराहरुलाई नजर अन्दाज गरेर हिड्न सक्छौं कि सक्दैनौ त्यो कुरामा समस्या देखिएको छ ।
अरुलाई राम्रो गरेको छ भनेर शब्द निकाल्न नसक्ने हामीहरुले राम्रा कामका लागि उहाँले थालनी गरेका नीतिगत कुराहरुलाई मात्र आत्मसाथ गर्न सक्यौं भने पक्कै पनि त्यसले सिगो जिल्ला परिवर्तनका लागि महत्वपुर्ण योगदान पु¥याउला ।





