सुन्दर भविष्यको कल्पना गर्ने र मुलुक परिवर्तनका महत्वपुर्ण शक्तिको रुपमा रहेका युवा वर्गहरु पछिल्ला दिनहरुमा विभिन्न कुलतमा फसेर विगर्दै गएका छन् ।
आफ्ना सन्तानको सुन्दर भविष्य निर्माण गर्ने जर्मकोमा लागेका कतिपय अभिभावकहरु सन्तती बिग्रेकोमा निकै धेरै चिन्तित बनेका छन् । बिदेश सम्म निकै ठूलो संजालको रुपमा विस्तार हुँदै आएको लागु औषध कारोवारलाई जिल्लामा आउन नदिन बेला बेलामा साना तीना कामहरु हुँदै आएको भएपनि त्यसले खासै अर्थ राख्न सकेको देखिदैन् । हरेक पटक आएका प्रहरी प्रमुखहरुले एकपटक निकै खोजी गरेझै गर्ने र पुन ः त्यसको पुनरावलोकन नगर्ने प्रचलनले कता कता आशंका समेत पैदा भैरहेको पीडित अभिभाबकहरु बताउँछन् ।
तर पछिल्ला दिनहरुमा प्रहरी प्रमुख लगायत अन्य प्रहरीले देखाएको सक्रियताले बिगतको भन्दा धेरै ठूलो सफलता हात पार्न सफल भएको छ । अव समस्या त्यतीमै समिति हुन्छ की भन्ने हो । एकपछि अर्को गर्दै दैलेख प्रहरीले पाएको सफलता यसमा मात्र समिति नहोस् । प्रहरी प्रमुखहरुले कित पहिलोपटक जिल्लामा आएको वेला कि त जिल्ला छाडेर जानेवेला मात्रै यस्ता कार्यहरुमा सक्रिया देखाउने विगतको प्रचलन अहिले तोडीएको छ । यो सफलतालाई धन्यवाद दिदै थप उत्साह प्रदान गर्न सवै नागरिकहरुले लागु औषध र चोरीवारे खबरदारी, निगरानी र प्रहरीलाई सहयोग गरेमा पक्कै पनि सन्तती विग्रनबाट जोगिनेछन् ।





