प्रकाशसकिय

शिरमा एउटा पत्रकारको अमरत्वको कामना गर्नै उद्देश्यले मात्र २०६३ सालमा नेपाल सरकारको दर्ता प्रक्रिया पुरा गरेको पहिलो पत्रिका धमाकाले आज छैठौं बसन्त पार गरेको छ । दैलेखमा पत्रिका दर्ता गर्नु त्यसको व्यवसायिकतामा जोड दिनु फलामको चिउरा चपाउनु सरह हो भन्ने  हेक्का नै     नराखी दर्ता गरिएको धमाका पत्रिकाले अहिले सम्म प्रकाशनलाई निरन्तरता दिएको छ । के छापियो र के लेखियो भनेर चियो गर्नेहरु बढेका बेला बुझ्नै पर्ने र गर्नै पर्ने दुईवटा कुराहरु हाम्रा सामु देखिएका छन् ।                 व्यवसायिकता र गुणात्मक बिकास । जेनतेन हिजोका दिनहरु गुज्रीएका छन् । अलिकति परिवर्तन भएको देखिन्छ तर अँझै     धेरै बँकी छ । सुरुवात राम्रो भएको छ । यसैलाई आत्मसाथ गर्नुपर्ने देखिन्छ ।
संचारकर्मिहरुको बिकास सँगै संचार माध्यामहरुको बिकासले पनि अहिले गति लिएको छ । फलस्वरुप संचार के हो ? यसले गाउँ र वस्ति सम्मका मुद्धाहरुका बारेमा कसरी वकालत गर्छ भन्ने कुराको सन्देश गाउँ सम्म पुगेको छ । झिल्को, रैवार, जस्ता पत्रिका हरु भित्तामा प्रकाशित हुँदा देखि होस या अहिले जिल्ला प्रशासनमा आधिकारीक दर्ता गरिएका पत्रपत्रिकाहरु सवैलाई संचालनका लागि निकै धेरै समस्या छन् ।
आजको अवस्थामा धेरै परिवर्तनहरु भएका छन् । मानिसको सोच, विचार समेतलाई स्थानीय संचार माध्यामहरुले परिवर्तन गर्न सफल भएका छन् । पूर्वाधार बिनाको सुरुवाती, सानो बजार, अशिमित आवश्यकताहरु यस्ता सवै कुराको चिरफार गरेर पत्रिका प्रकाशन गर्दा सँधै जसो घाटा मात्रै हुने यस्ता दुर्गम बस्तिहरुमा हाम्रो प्रकाशन जेनतेन चलेकै छ । बास्तवीकता र धरातल नबुझेर ओकेल्ने प्रवृतीसँग समेत जुधेर प्रकाशनले आफ्नो सातौं बर्षको यात्रा गर्दैछ ।
दैलेखको संचारको बिकासमा आफ्नो श्रम र मूल्यको अवमूल्यन गर्दै दैलेखी आवाज बिहीनहरुको आवाज बन्न सफल भएको यो धमाका पत्रिकामा सुरुवातीका दिन देखिनै दैलेखी यूवा पत्रकारहरुको निकै ठूलो श्रम र पसिना बगेको छ सवै सम्मानका पात्रहरु हुनुहुन्छ । हामीमा अझैं आफ्नो श्रम र पसिनाको अवमूल्यन गर्ने जाँगर छ त्यसैले पत्रिका निरन्तर    चलिरहेको छ ।
यसका पछाडी आम पाठक वर्ग तथा सम्पूर्ण समाजले हाम्रो धमाका दैनिकप्रति हेर्ने दृष्टिकोण, माया र सद्भावका कारण हामी यसको निरन्तर प्रकाशनमा हौसिएका छौं ।
दुर्गम जिल्ला, विभिन्न प्राविधिक कठिनाई, ठूला उद्योगहरुको अभाव हुदा हुदैपनि हाम्रो उत्साहमा एक ईट्टा थपेर हामीलाई सहि मार्गमा हिड्न अभिप्रेरित गर्ने आम दैलेखबासीको निरन्तर उत्साहले हामिले छैठौं बर्षको पावन अवसर पार लगाउने जमर्काे गरेका छौं । यसको सम्पूर्ण श्रेय तपाइँहरु नै हुनुहुन्छ ।
पत्रिका प्रकाशनका क्रममा देखिने विभिन्न आर्थिकदेखि अन्य प्राविधिक कठिनाईहरुलाई “आँशु पिएर बाँच्ने जीवनकथासँग” जोड्दा र हामीले पस्केका सामाग्रीहरु बाट उत्पन्न सकारात्मक    परिवर्तनहरु देख्दा हामीले भोगेका पिडाहरु सामान्य भएर आउँछन् अनी हामीलाई फेरी हौसला हुन्छ , हामी त समाजका पहरेदार पो हो ? यसरी संचालन भएको दैलेखको संचार क्षेत्रको विकासमा सबैको दायित्व अबका दिनहरुमा बढ्नुपर्ने पनि देखिएको छ ।
सातौं बर्ष प्रवेशको यो यात्रासँगै हामीलाई मायाँ, ममता तथा सहानुभूती प्रकट गर्नुहुने आदरणीय पाठक वर्ग, शुभचिन्तक एवं विज्ञापनदाता बाट आगामी दिनहरुमा पनि सहयोग र हौसला मिल्ने आशा लिएका छौं । यो अवसरमा नागरिकहरुको सुसुचित हुन पाउने अधिकारप्रति जस्तोसुकै परिस्थितिको सामना गर्नपनि हाम्रो यूवा पत्रकारहरुको टिम लागिरहने प्रण समेत गर्दछौं । साथै नवबर्ष २०७१ सालको यस पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार