
बैशख १३, दैलेख
नेकपाका केन्द्रीय सदस्य एवं दैलेख क्षेत्र नं. २ का सांसद राजबहादुर बुढाले बीरबिङ्गनाहरुको देशभक्ति र बलिदानीले नेपालमा संघीय गणतन्त्र स्थापनासम्मको सफलता प्राप्त भएको बताएका छन् । शहिद मयाराम स्मृति प्रतिष्ठानले शुक्रवार दैलेख सदरमुकाममा आयोजना गरेको शहिद बुलेटिन बिमोचन कार्यक्रममा उनले सो विचार राखेका हुन् ।
सांसद बुढाले शहिद मयाराम रेग्मीको योगदान बारे अध्ययन अनुसन्धानसंगै सदरमुकाममा पुस्तकालय स्थापना लक्ष्य लगायतका प्रतिष्ठानले गरेका रचनात्मक कामले बिभिन्न कालखण्ड आहुति दिएका शहिद र प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुप्रतिको सम्मान भएको व्याख्या गरे ।
कार्यक्रममा दैलेख क्षेत्र नं. १ का साँसद रबिन्द्रराज शर्माले शहिद मयाराम रेग्मीको जीवन संघर्षले समाजमा जीवनलाई सार्थक बनाउन सिकाएको बताए ।
प्रतिनिधिसभाका सांसद पार्वतीकुमारी बिशुन्केले प्रतिष्ठानले २०५६ सालमा पहिलो पटक कक्षा ८ को उत्कृष्ठ दलित छात्रछात्रा पुरस्कृत गर्दा आफूले त्यो पुस्कार ग्रहण गरेको सम्झना गर्दै यस्ता रचनात्मक कामलाई आफूले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा कर्णाली प्रदेशसभाका सांसद मिना सिंह रखालले शहिदहरुको योगदान चर्चा गर्न थालेको अर्थवार्षिक बुलेटिन प्रकाशनलाई निरन्तरता दिन सुझाव दिइन् ।
प्रतिष्ठानका अध्यक्ष टेकबहादुर खाँणको अध्यक्ष टेकबहादुर खाँणको अध्यक्षतामा भएको शहिद बुलेटिन बिमोचन प्रतिष्ठानका उपाध्यक्ष मयाराम अधिकारी, कोषाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी र सदस्य प्रेमप्रकाश शाहीले पनि प्रतिष्ठानका भावी लक्ष्य कार्यक्रम र समाजमा पार्ने प्रभावका विषयमा प्रकाश पारेका थिए ।
हालको भगवतीमाई गाउँपालिका वडा नं. ३ मा पर्ने मेहलतोलीमा १९८५ फागुन १३ गते जन्मेका मयाराम रेग्मी पञ्चायती शासन बिरुद्ध सक्रिय रहेको आरोपमा तत्कालिन प्रशासनले सदरमुकामको गौडाघरमा कुटपिट गर्दा २०१८ माघ २२ गते ज्यान गएको थियो ।
दैलेखका पहिलो शदिद मयाराम रेग्मीको योगदान र जीवन संघर्षको खोजी गर्न तत्कालिन जिविस सभापति टेकबहादुर खाँणको अध्यक्षतामा २०५६ गठित शहिद मयाराम स्मृति प्रतिष्ठान २०६३ मा जिल्ला प्रशासन कार्यालय औपचारिक रुपमा दर्ता भएको हो । स्थापनाकालदेखि खाँण निरन्तर अध्यक्ष छन् ।
उक्त कार्यक्रम टेक बहादुर खाँणको अध्यक्षतामा सम्पन्न भएको थियो ।









