
कात्र्तिक ८, दैलेख
तिहार आएसँगै सदरमुकाम दैलेख बजारका अधिकाँस पसलहरु अहिले झिलिमिलि छन् । बिभिन्न फूलहरु र दिपावलीका लागि आवश्यक पर्ने सामानहरुले बजार रंगिएको हो । पहाडी जिल्लाहरुमा बनैभरी फुल्ने मखमलि र सयपत्रि फूलहरु आजभोली देखिन छाडेका छन् । बिशेष गरेर तिहारका बेलामा यस्ता फूलहरुको बढी माग हुने गर्दछ । दिदीबहिनी र दाजु भाईको महत्वपूर्ण पर्व मानिने तिहारमा बिशेष गरेर बिक्रि हुने फूलहरु अहिले गाउँहरुमा फाट्टफुट्ट देखिएपनि बजार क्षेत्रमा भने पलास्टिककै फुलको बढी माग हुने गरेको छ ।
तिहार शुरु भैसकेको छ । तिहार सुरु भएसँगै बिक्रिका लागि बजारमा प्लास्टिकका फूलहरुले झिलिमिलि देखिएका छन् । तिहारमा खास गरी दिदी बहिनीहरुले आफ्ना दाजु भाईलाई सप्तरंगि टिका संगै मखमलि, गुरधौलि, सयपत्रि लगायतका फूलका माला लगाएर हिन्दु परम्परा अनुसार तिहार पर्व मान्ने गरिन्छ ।
पछिल्ला केहि बर्ष यता गाउँघरमा पाईने मखमलि लगायतका फूलहरुको साटो अहिले गाउँ तथा बजारमा प्लाष्टिका फूलहरुले झिलिमीलि भएका देख्न सकिन्छ ।
तिहार अर्थात मखमलि गुरधौलि फूल र बत्तिहरुको पर्व भनेर चिनिने पर्वमा फूलसमेत पलाष्टिकका आउन थालेपछि मानिसहरु अल्छि भएको र परम्परा बिर्सदै गएको भान हुन
थालेको स्थानीय बताउँछन् ।
अहिले सदरमुकाम आसपासमा प्लाष्टिका फूलहरुको बजारमा धेरै कारोबार हुने गरेको स्थानीय शिवराज जैसिले बताए । स्थानीय नमराज सुबेदी भन्छन पहिलेका दिनहरुमा तिहार आउँदा दिदी बहिनिहरुले दाजु भाईहरुलाई माला लगाउँने फूलहरु तीन चार दिन अगाडीबाट खोजेर पानिमा भिजाउँदैँ राख्ने परम्परा थियो । गलाभरी सय पत्रि र मखमलि लाउँदा तिहार मनाए जस्तो लाग्थ्यो अहिले त ति मखमलि सय पत्रि देखिन छाडेका छन । गाउँमा पाईन्छ तर त्यस्ता फूलको प्रयोग हुन पनि छाडेको छ ।
बजारमा धेरै प्रयोग हुने प्लाष्टिकका फूलहरु अहिले गाउँसम्म पुगेका छन् । फेसनका रुपमा यस्ता फूलहरुको प्रयोग बढ्दै गएको हो । अहिले बाहिरी मुलुकबाट आयात गरीने प्लाष्टिकका फूलहरु बजारमा प्रशस्त मात्रामा पाउँने गरेकाले स्थानीय स्तरमा पाईने फूलहरुको प्रयोग बिस्तारै हराउदैँ गएका छन् ।
सिजनमा २ लाख सम्म ब्यापार ः
दैलेख वजारमा लामो समय देखि फूल ब्याबसाय गर्दै आएका व्यापारीहरु पनि पहिलेको भन्दा पछिल्लो समय फूलहरुको ब्यापार बढ्दै गएको बताउँछन् । एउटा व्यापारीले मात्र एक सिजनमा दुई लाख सम्मको प्लाष्टिकका फूलको व्यापार हुने गरेको बताउँदै आएका छन् ।
स्थानीय फूलको प्रर्वद्धन जरुरी ः
स्थानीय स्तरमा पाईने फूलहरुको
माला लगाउँदा त्यसको महत्व र बैज्ञानिक रुपमा पनि राम्रो मानिने भएकोले स्थानीय फूल मालाको प्रर्वद्धन गर्नुपर्ने कतिपय व्यापारीहरुको धारणा रहेको छ । आफ्नो पुरानो संस्कार बचाउनका लागि पनि आयातित फूलहरु भन्दा आफ्नै उत्पादनलाई प्रयोग गर्नेतर्फ सवैले ध्यान दिनुपर्ने कतिपयको धारणा छ । टिका लगाउने भाईहरुले नै स्थानीय फूलहरुको माला लगाउने बारेमा अँझै बढी ध्यान दिन सके राम्रो हुने स्थानीयको भनाई छ ।











