रारायात्राका संभाव्य विश्राम/गन्तब्यहरु


प्रा.डा. प्रेम शर्मा
बेनी–जोमसोम र सुर्खेत–जुम्ला कर्णाली लोकमार्गले उधारे÷खोलेको मुक्तिनाथ तिर्थ स्थल र सिंजा उपत्यका÷ राराताल, गन्तब्यहरु हाल आन्तरिक पर्यटकहरुका लागि अति चर्चा र भ्रमणको गन्तब्यहरु भएका छन । भारीतय कंम्पनी महेन्द्रको स्कर्पियो र बोलेरो जिप एवं १ सय ५० सिसि माथिका मोटरसाइकलहरुले नेपाली आन्तरिक पर्यटक र सहासी युवाहरुलाई सहि सदुपयोग गराएको छ । त्यसैगरि गन्तब्यहरु (कर्णली र मु्स्ताङ क्षेत्रमा फलेका स्याउ, सिमी, मार्सी चामल, बोका÷खसी र भेडा÷च्याङ्ग्राको मासुले उपयुक्त बजार, उपभोक्ता पाएका छन् । तर स्थानीय सेवा प्रदायक र पर्यटकहरु दुबै पार्टी–त्यँहा उपलब्ध दुबै खानपानका बस्तु र अवलोकनका गन्तब्यहरुको प्रचार–प्रसार, बजारीकरण र उपभोग उपयुक्त तरिकाले गर्न सकिएको पाइएन । त्यसैकारण यो सनो यात्रा ऐइटीनरी (भ्रमण तालिका) अगाडी सार्छू राम्ररी मनन गर्न सेवा प्रदायक र पर्यटकहरु दुबै थरीलाई उपयोगी हुनेछ ।
आज यात्रा रारातालको गरौँ । प्रस्थान विन्दु बाँकेको कोहलपुरबाट सुरु गरौँ । नेपालको जुनसुकै ठाँउबाट आउनुहोस गाडीबाट सफारी ÷यात्रा सुरु गर्नु छ भने कोहलपुर प्रस्थान बिन्दु हुनेछ । हुन त हवाई मार्गबाट सिधै जुम्ला खलंगा, ताल्चा एयरपोर्ट गमगढी वा सुर्खेत झरेर रारा यात्रा गर्न पनि सकिन्छ । तर यो कलमकारको सल्लाह कर्णालीको यात्रा, खासगरी रारा÷सिंजाउपत्यकाको महत्वका दृष्टिकोणले अगुवाई गर्न चहान्छ । समय र अवस्था मिले कोहलपुर वरीपरि भेटीने नयाँगाँउ (धकेरी) र गाभर भ्याली सामुदायिक घरबास, सत्खल्वा वा मड होमस्टेमा सत्यवल्व, वा मडमा नास्ता, दिवा, रात्री गासबास गर्ने योजना बनाउनुहोस । त्यसै गरि सुर्खेत उक्लने बाटोमा भेटीने बबई खोलाको माछा, खसी वा लोकल कुखुराको स्वाद लिनुहोस ।


छिन्चु जक्सनमा (जाजरकोट (डोल्पा लोकमार्ग) केही क्षण रोकिई लोकल फलफुल किन्नुहोस । सुर्खेत वीेरेन्द्रनगरमा रहँदा नगरका ठुलो होटलहरु भन्दा मझौला होटल – थकाली, बुलबुले, डिनमस्ते जस्तामा बस्नुहोस । काँक्रेविहार, देउतीबज्यै र बुलबुले तालको भ्रमणका लागि करिब १ घण्टाको समय छुट्याउनुहोस सुर्खेत यरीचोकको आचार्य चिया नास्ता पसल नछुटाउनुहोस । मौका मिले यरिचोक देखी अली तल ईटौरमा रहेको फिस कटेज गएर आफै माछा मारेर स्वाद लिन नभुल्नुहोस । सुर्खेत राराका लागीे तपाईहरुलाई दुईवटा बाटा–बाङ्गेसिमल (कर्णाली लोकमार्ग एक घण्टा फेरो) र छोटो बाटो दैलेख गुराँसे लाग्दा गुराँसेको लोकल कुखुरा, कुराउनी र आलुका परिकारको स्वाद लिन नभुल्नुहोस । रारा यात्रा गर्दा एक दिन दैलेखका ऐतिहाँसिक, पुरातात्वीक एवं साँस्कृतिक सम्पदाहरु–ज्वालामाई, श्रीस्थान, नाविस्थान, धुलेश्वर, पञ्चदेवल, बेलासपुर र पादुका, नेपालको प्रथम शिलालेख कृतिस्तम्ब, दुल्लु दरबार, नौमुले, जलेश्वर, बेलासपुर, पंचकोशी, कोटगढी लगायत ३२ वटा नेपालका थरहरुको नामाकरण गाँउहरु घुम्न र आफ्m्ना पुर्खाहरुको उद्गम थलोहरुसंग आफ्नो नाता जोड्न नभुलौ । दैलेखको भ्रमण अर्थपुर्ण र महत्वपुर्ण हुनेछ ।
कर्णाली लोकमार्ग लाग्दा माथिल्लो डुङ्गेश्वरको चुप्रा होमस्ट, तल्लो डुङ्गेश्वर स्थित कर्णाली नदी र लोहोरे खोलाका स्थानीय असला माछा, लोकल कुखुरा साथै खसीको मासुको परिकार खान नभुलौ । पादुका, स्याला खोला वा टुनिबगरको खसीको मासु र कर्णालीको माछा, राकम कर्णाली–आठबिस नगरपालिकाको बजारको फलफुल–केरा, सुन्तला, माछा, गाईभैसीँको घिउ राखेको खानाको स्वाद लिनबाट नचुकौ । त्यसैगरी जितेगढ (हुल्म बजार हुम्ला कर्णाली र तिला (जुम्ला) कर्णाली संगम)को असला माछा र मान्मा कालिकोटको सदरमुकाममा बास वा नास्ता, चिया वा कफी र प्राकृतिक दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्न नभुलौ । ३ घण्टाको ऐतिहाँसिक पिली भिर हुदैँ तिला नदीको रमणीय भंगाला÷बहाब हुदैँ नाग्म÷कालिकोट र जुम्लाको सिमाना पुग्नुहोस । दिवा खाना वा रात्री खानाको लागि नाग्मको मुगेली लामा दाईको भट्टी÷होटल नभुल्नुहोला । अव यसअघि बढ्दा दायाँतर्फ पिज बाटोबाट जुम्लाको सदरमुकाम खलङ्गा तर्फ एकघण्टा तातोपानी कुण्डा हुँदै जाने बाटो छोडेर पुनः फर्कदा जुम्ला भ्रमण गर्नेगरी बायाँ सिंजा खोला हुँदै सिँजा उपत्यका तर्फ लाग्नुहोस । २० मिनेटमा भेटीने चिउडी खोलाको परम्परागत प्रविधिबाट बनेको काठको पुल जसमा राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा वीर नेपाली सपुतहरुको आकृति कुदेको पुलको फोटो खिच्न र रमणिय दृश्य आफ्नो क्यामेरामा कैद गर्न नभुल्नुहोस । त्यसपछि गोठीज्युला÷सिंजा बजारसम्मको झण्डै २÷३ घण्टाको सवारी यात्रालाई ठाउँठाउँमा मनमोहक गाउँ बस्ती, डाँडाखोला र मार्सी चामल, राज्मा, गहुँ, जौ, फापर खेतीबाली उत्पादन हुने सुन्दर फाँट लगायत उच्च ठाउँबस्तीहरुको सुन्दरता स्वीजरल्याण्डको जुरिच विर्साउने उपत्यकाको फोटो खिच्दै अगाडी बढ्नुहोस । आफ्नो यात्रालाई चौेथा संगम अर्थात जुम्ला डाँफेको धुरी, न्युरिगाड हुँदै भुलभुले आउने बाटो पुग्न आङ सिरिङ–सिरिङ हुने भिर पाखा हँुदै भुलभुले बस्ती÷होटल हुँदै नेपाली सेनाको राष्ट्रिय निकुञ्ज प्रवेश गर्नुस । त्यसबाट अगाडी बड्दै गर्दा घुच्चिको लेकलाई बायाँ (पैदल बाटो) छोडी रमणीय चौर बढ्नुहोस जहाँ घोडा, गाई बस्तु र भेडा, च्याङ्ग्रा, चौरी चरिरहेका हुन्छन । त्यहाँ केही वेर रोकेर फोटो खिच्नुहोस । यो चौर जीवनको यात्रामा उच्च पहाडी भेगमा भेटीने शुन्दर स्वर्ग सरी सावित हुन सक्छ र यहाँको प्राकृतिक दृश्य जीवनमा अविस्मरणीय हुन सक्छ । र यहाँ चौरमा फोटो खिच्न धुपिको जंगल र उच्च पहाडका काला रंगका धुपि सहितको पहाड, त्यसको तल खर्क राख्नेको काठका गोठहरु र पशु चरनले हाम्रा पुर्खाका जीवन ईतिहास कस्तो थियो भन्ने स्मरण गराउँदछ । केही क्षण आफ्नो पुर्खाको इतिहास सम्झनुहोस ।

१५÷२० मिनेटको हरियो चउर दृश्यावलोकन पछी छुच्ची लेकको जंगल हुदैँ ओरालोे लाग्नुहोस । ओरालो लाग्दा केही पर देखिने मुगु गाउँ माथिको हिमाल कानजिरवा, तिब्बत सिमा माथिका हिमाल श्रृंखला र अझ पर हुम्ला जिल्लाको उत्तरी सिमा लिमि गाउँ माथिको हिमश्रृंखला अवलोकन गर्दै विगतमा (पञ्चायत काल) रु १ को नोटमा अंकित हिमडाँडा हेर्दै तल गमगडी – मुगुको सदरमुकाम हेर्दै पिना गाउँको शिर भएर ताल्चा विमानस्थल पुगिन्छ । त्यसपछी बाटो बाया मोडिएपछी १५÷२० मिनेटमा रारा राष्टूीय निकुन्ज प्रवेशद्वारमा आफ्नो भेहिकल (सवारीसाधन) पार्क गरि प्रतिव्यक्ति रु. १०० को प्रवेश शुल्क तिरी धुपिको घना जंगल हिडेर रारा तालमा प्रवेश गर्नुहोस् । रारा उपत्यका राम्ररी अवलोकन गरि डेढ घण्टाको समथल यात्रा घुंडा नभाची हिड्नुहोस होटलबासका लागि ।
रारा ताल देखिने बित्तीकै खुल्ला चउरमा राजा महेन्द्रले क्याप साईड खडा गरि कविता लेखेको चउरमाा पुगिन्छ । त्यस पछी पारि पट्टीको रारा राष्टिूय निकुञ्जको कार्यालय, डाँफे गेष्ट हाउस र भिलेज रिसोर्ट र नेपाली सेनाको गुल्म हेर्दै ताल तर्फ बढिन्छ । पारि पट्टीका ति बस्तीहरु भन्दा माथी मुर्माटप (डाँडा) मुर्मा गाउँको होमस्टे हेर्दै बाँया तर्फको तालको छेउ छेउ पैदल यात्रा साढे १ घण्टा हिड्नुस वा ताल छेउमा राखिएको र्याफ्टिङ्ग डुङ्गामा रुः ५०० तिरेर झण्डै एक घण्टाको डुङ्गा सयर पछी होटल बास गर्नु होस । तर डुङ्गा बिहान ८ देखि १२ बजेसम्म मात्र संचालन हुन्छ रारा ताल भ्रमण, अवलोकन गर्दा भुल्नै नहुने कुरा समय मिलाएर तिन घण्टा जतिको मुर्माटप पैदल यात्रा गर्नुहोस् । हिड्न कठिन भए घोडाको सुविधा छ । रु १५०० तिरेर घोडाको अविश्मरणीय यात्रा रोचक हुन सक्छ । नछाड्नुहोस, “जो व्यक्ति मुर्माटपको भ्रमण÷अवलोकन गर्देन उसले रारा तालको भ्रमण गरेनू, भन्ने बुझ्नुहोस् । दुई होटलहरुको क्षमता भण्डै तिन सय पाहुनाहरुलाई गास बास रहेको छ । जसका कोठा भित्र ८०–१०० जनालई पुग्छ भने खुल्ला आकासमा टेन्ट हालेर पाल भित्र सुत्ने अर्को अवशर÷अनुभव पनि हा, त्यो पनि नयाँ अनुभव हुन सक्छ । होटलमा प्रप्त हुने सुविधा–क्याम्प फायर मार्फत लोकल रातो चामलको (मार्सी) भात, आलु, कुखुरा, स्याउको रक्सी वा बाहिरबाट झिकाइयको ब्रोईलर कुखुराको मासु, लोकल (जौ÷ चामलको) रक्सी वा च्यांग्रा, भेडाको मासु र मुगुको राज्मा, सिमिको दाल भात, हरियो अर्गानिक सागसब्जी आदीबाट २९८० मिटर उचाईको मौसम, हरियो सुन्दर तालको साईड (लेकसाईडमा) आनन्द लिनुहोस । फोटा खिच्न र क्षणीक घोडचढी र निकुञ्ज कार्यालयको भ्यु टावर, नेपाली सेनाको क्यानटीनका सस्तो तर मिठो चिया चमेना खान नभुल्नुहोस् । मुर्मा गाउँ भएर वा होटल बाट करिव १५० मिटरको दुरिबाट केहि उकालो माथी रर्हको शिव मन्दीरमा दर्शन गरि उत्तर पश्चिम ३४८० मिटर अग्लो मुर्माटपको पैदल यात्रा गर्नुहोस् । मुर्माटपको भ्यु टावरबाट चौतर्फी, उत्तर तर्फ कान्जीरवा, पञ्च चुली, अपि, शैपाल हिमाल श्रृङ्खलाहरु अवलोकन दक्षिण तर्फको हरियाली पहाडहरुको श्रृङ्खलाबद्ध दृश्यावलोकन गर्नुहोस् । रारा तालको फुल स्केलका फोटाहरु, उत्तर पुर्व तर्फका हिमाल र हरिया डाँडा पहाडहरुको तालमा परेको प्रतिबिम्ब र मौका परे हिमाल वा डाँडाहरु माथिको बादलका प्रतिबिम्ब तालमा परको हुुन्छ मौका छोप्नुहोस् । फोटो खिच्न र भ्यु टावरबाट अवलोकन पछी ५० मिटर पर दुरीमा रेडियो नेपालको रिपिटर टावरको चौकीदारको चिया नास्ता पसलमा रातो÷ सेतो चिया, विस्कुट, चाउचाउ खाएर १÷२ घण्टाको विश्राम पछी पुनः होटल (रिसोर्ट) तर्फ झण्डै १ घण्टाको ओरालो झरी बास बस्नुहोस् ।

कुनै पनि यात्रा दोहोरिन सक्छ पनि सक्दैन पनि, त्यसैले रारा यात्रा गर्ने पर्यटक÷व्यक्तिले माथि उल्लेख गरिएका गन्तव्य÷बस्तुहरु र खानपान, अवलोकन गर्न हेलचेक्र्याँई गर्नु भनेको भ्रमण अवलोकनलाई अधुरो राख्नु, पछुताउनु हो । म नेपाली र नेपाललाई माया गर्छु वा नेपालको सुन्दरता, अलौकिकता वा धेरै नजिक बाट हेर्छु, बुझ्छु भन्ने सच्चा नागरिक ले पहिले स्वदेशका अपार सम्पदासंग परिचित हुनुस्, बुझ्नुस र अरुलाई चिनाउनु र विश्वमा नभेटिने दुर्लब बस्तूहरु नेपालका ६० मिटर देखि ८८४८ मिटर भित्र भेटिन्छन, आफ्नो देशको माया कतै भौतारिदैमा भेटिदैन । नेपाल भन्दा सुन्दर देश कतै छैन । यात्रामा भेटीने कमि कमजोरी हरु, खासगरी कर्णाली बासीले थाहा पाउनु पर्ने, ध्यान दिर्नुपर्ने धेरै छन । त्यस बारे छुट्टै चर्चा गरौँला । तर जीवनकालमा एउटा नेपालीले यात्रा गर्नुपर्ने गन्तव्य नछुटाऊ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार