छाउ भएका बेला घरभित्र राख्न धामि र पुजारी सहमत


पुष २७, दैलेख
सरकारले छाउगोठ भत्काउने अभियान थालेपछि दैलेखका बिभिन्न पालिकाहरुमा धमाधम छाउगोठ भत्काइएका छन् । पुरातनवादी सोच र कुल देवताको डरले घरभन्दा टाढा छाउगोठमा बस्नुपर्ने बाध्यतामा रहेका महिलाहरु स्थानीय धामि, पुजारी समेतलाई रोहवरमा राखेर अन्तरक्रिया समेत थालिएको छ । अन्तरक्रियामा उपस्थित भएका धामि र पुजारीहरुले समेत घरभित्र सफा भएर बस्न कुनै बाधा नपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
दैलेखका बिभिन्न पालिकाहरुमा छाउगोड भत्काउने कामलाई निरन्तरता दिईएको छ । जिल्ला प्रशासन र जिल्ला प्रहरीको टोलि सँगै अहिले सवै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले समेत धमाधम छाउगोड भत्काउन थालेका छन् । अहिले दैलेखमा १ सय ६८ छाउगोड भत्किसकेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् ।
दैलेखको आठवीस नगरपालिकाको राकम बजार, ठाटीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, दुल्लू नगरपालिका र भैरवी गाउँपालिकामा बिभिन्न जनचेतनामुलक कार्यक्रम सँगै अभियान तीब्र पारिएको छ । स्थानीय सरकारहरुले पनि अहिले वडा वडाबाट छाउगोठ भत्काउन सुरु गरेका छन् ।
दैलेखको भरवी गाउँपालिकामा
प्रमुख जिल्ला अधिकारी युवराज कटटेल र प्रहरी प्रमुख हरिबहादुर ओली सहितको टोली पुगेर छाउगोठ भत्काएको छ । छाउगोठ भत्किए सँगै देउताको डरले घर बाहिर बस्ने गरेका कतिपय महिलाहरु समस्या देखिएका छन् भने कतिपय निकै राम्रो काम भएको भनेर प्रसंशा पनि गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले धामि, पुजारी सवै राखेर गरिएको अन्तरक्रियामा छाउगोड बस्ने र बस्न लगाउने दुवैलाई कानुनी कारवाही हुने भनेपछि उपस्थित पुजारीहरुले समेत पुजा कोठा र भान्सा बाहेक घरभित्रको जुन स्थानमा बसेपनि फरक नपर्ने बताएका छन् ।
भैरवी ३ का दुधेसैनीका धामि नैने कामिले आफुहरुले महिलाहरुलाई घरभित्र बस भनेको र छुई भएका बेलामा पुजा कोठा र भान्सामा नपसेर अन्य घरभित्र सुरक्षित राख्नका लागि आफुहरुले पनि सहमती दिएको बताए । अर्का बण्डालिका धामि भरतबहादुर शाहीले पुराने प्रचलन जस्तो अहिले संस्कार नभएकोले हामिहरुले पनि छोरी, बैनी र बुहारीलाई दुःख दिन नचाहेको बताउँदै घरभित्रै सुरक्षित भएर बस्दा केही फरक नपर्ने बताए ।
पहिलो चरणमा जनचेतना अभिबृद्धि सँगै छाउगोठ भत्काउने र अटेर गरेमा छाउगोठ बस्ने र बस्न लगाउनेलाई समेत कारवाही प्रक्रिया सुरु गर्ने अभियान अन्तर्गत भैरवी पुगेर छाउगोठ भत्काएको प्रहरी प्रमुख हरीबहादुर ओलीले जानकारी

दिएका छन् ।
स्थानीय सरकारले भनेपछि अटेर गर्ने पुरानतवादी सोचका कारण छापडी प्रथा उन्मुलनमा केही समस्या भएका बेलामा प्रहरी, प्रशासन र सरकार लागेपछि स्थानीय जनप्रतिनिधिहरुलाई समेत निकै सजिलो भएको र पालिका भरीका सवै छाउगोठ भत्काउन आफुले निर्वाचित जनप्रतिनिधिहरुलाई भने सँगै अभियान वडा वडामा सुरु भैसकेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार