आठ लाख घुस सहित गाउँपालिका अध्यक्ष र सहयोगी पक्राउ

 


दैलेख पुस १० । जुनीचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष कृष्ण बहादुर के.सीलाई ८ लाख नगद घुस सहित अख्तियार दुरुपयोग अनुसंन्धान आयोग सुर्खेतको टोलिले पक्राउ गरेको छ । अध्यक्ष सँगै रहेका अर्का चन्द्रबहादुर बस्नेतलाई समेत अख्तियारले पक्राउ गरेको ज्ञिप्तिमा उल्लेख गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर के.सी.ले सोही गाउँपालिकाको वडा नं. ५ मा विभिन्न उपभोक्ता समिति मार्फत भएको सडक निर्माणको काम सम्पन्न भएपश्चात उपभोक्ताहरुले भुक्तानीको विल पेश गरेको भएपनि रकम रोक्न लगाएर घुस मागेको खुलेको छ ।
बिल रोक्न लगाएर घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसंधान आयोगमा परेको उजुरीको आधारमा अख्तियारको टोलिले अध्यक्षमाथि निगरानी बढाएको थियो । सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले अध्यक्ष कृष्ण बहादुर के.सी. र उनिसंगै रहेका चन्द्र बहादुर बस्नेतलाई ८ लाख रकम घुस लिइ सकेको अवस्थामा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ कटकुवा हेल्थपोष्ट नजिकबाट रकम सहित पक्राउ गरेको छ । थप अनुसंन्धानको प्रक्रिया भैरहेको सुर्खेत अख्तियारले जानकारी दिएको छ ।

#अख्तियार #घुस

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार