गाउँपालिकाको समृद्धिमा प्रदेश सरकार तयार छ ः रखाल


माघ २८, दैलेख
कर्णाली प्रदेश सभा सदस्य मिनासिहरखालले गाउँपालिकाको समृद्धिमा कर्णाली प्रदेश सरकार सँधै तयार रहेको भन्दै आएका बजेटहरुको सदुपयोग गर्न सुझाव दिएकी छन् ।
महावु गाउँपालिकाको छैठौं गाउँ सभालाई सम्बोधन गर्दै उनले गाउँपालिकाले लिएको समृद्ध महावु र सुखी महावु बासीको नारालाई सार्थक बनाउन गाउँपालिकाले गरेको योगदानको चर्चा गर्दै त्यसलाई प्रभावकारी बनाउनका लागि प्रदेश सरकारको साथ आवश्यक रहेको बताईन । गाउँपालिकामा आएको बजेटले मात्र सवै खालका विकास निर्माण पुरा गर्न सम्भवन नुहने बताउदै त्यसका लागि प्रदेश सरकार संग माग गरेर थप बजेट प्राप्त गर्न पालिकाहरु लाग्नुपर्ने सुझाव दिएकी छन् ।
दैलेखको धार्मिक, एतिहासिक पर्यटकीय र आस्थाको धरोहर रहेको र महावु मा पनि धेरै एतिहासिक र पर्यटकिय स्थलहरु रहेकोले योजनाबद्ध विकासमा लाग्न सुझाव दिएकी छन् ।
गाउँ सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेप थापाले गाउँपालिकाको विकास र समृद्धिका लागि समन्वय गरेर अगाडी बढेर जाने बताए । उनले गाउँपालिमा भएका विकास निर्माणको कामलाई दिर्घकालिन र प्रभावकारी बनाउका लागि सयुक्त अनुगमन गर्दै जनताका पक्षमा काम गर्न आग्रह गरेका छन । योजना निर्माण गर्दा टुक्रे योजनालाई प्रथामिकता नदिई जनताले अनुभूति हुने खालका काम गर्न र महावु सरकारले गरेको कामको अनुभुती जनताले हुने गरि सुरु गर्नुपर्ने सुझाव दिएका छन् ।
महावु गाउँपालिका दैलेखका अध्यक्ष जंग बहादुर शाहीले स्थनीय सरकार गठन भएपछि जनताको हितमा काम गरिरहेको बताउदै आगमी दिनमा पनि जनताको आवश्यकता र जनताको आय स्तर बढ्ने गरि काम गर्ने बताएका छन । सभामा उनले गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७का योजनाहरुको ४० प्रतिशत काम सम्पन्न भएको र अन्य कामहरु पनि सम्झौता भएर कार्यान्वयनको चरणमा रहेको बताए । आर्थिक बर्षको अन्तीममा योजना निर्माण गर्ने र भुत्तानी दिने प्रक्रियालाई पुर्ण रुपमा बन्द गरेको बताउदै बैशाखको अन्तीम सम्म सबै काम सम्पन्न गर्ने साहीले बताए । गाउँपालिकाकी उपाध्यक्ष प्रेम कुमारी बुढाले गाउँपालिकाले लिएको लक्ष्य अनुरुप कामहरु भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार