काठमाडौंका युवाहरुको समूहले दियो गाउँपालिकालाई स्वास्थ्य सामग्री


दैलेखको डुगेश्वर गाउँपालिकालाई काठमाडौंमा रहेको युवाहरुको एक समूहले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मिर्मिरे युवा समाज सिनामंगल काठमाडौंले गाउँपालिकालाई ३५ सेट पीपीई ६ हजार थान सर्जिकल मास्क, पाँच हजार पीस ग्लोब्स, ६० लिटर ह्यान्डवास, ३० थान फेस कभर, थर्मल गन गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ललाई हस्तान्तरण गरेको छ ।

सामग्री गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई वितरण गरिदिन क्लबले आग्रह समेत गरेको मिर्मिरे युवा समाजका सचिव चेतन न्यौपानेले जानकारी दिएका छन् । स्थानीय तहमा प्रयाप्त मात्रामा स्वास्थ्य सामग्री नहुँदा कोरोना परीक्षण तथा सुरक्षामा समस्या देखिएका बेलामा युवाहरुको समूहले गरेको यो सहयोग निकै प्रभावकारी भएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार