तीव्र पारिँदै ¥यापिड टेस्टभारतबाट जिल्ला भित्रने बढे ७ सय ३६ को रिपोर्ट नेगेटिभ

विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिँदै गएपछि दैलेखका विभिन्न दुर्गम स्थानहरु सम्म ¥यापिड टेस्ट अभियान थालिएको छ ।
कामको खोजीमा भारत जाने र पछिल्ला दिनहरूमा कोरोना संक्रमण सँगै भारत र अन्य मुलुकहरुबाट दैलेख भित्रनेहरुको सङ्ख्या १ हजार पाँच सय बढी पुगेपछि सर्तकर्ता बढाइएको हो ।
दैलेखमा उच्च सतर्कता सँगै दुर्गम स्थानहरुमा ¥यापिड टेस्ट तीव्र पारिएको छ । भारत लगायत तेस्रो मुलुकबाट आएका र घरमै बसेका व्यक्तिहरूको छनौट गर्दै सूचना प्रकाशन गरेर पालिका पालिकामा द्रुत परीक्षण सुरु गरिएको हो ।


दैलेखका विभिन्न स्थानीय तहहरुमा ७ सय ३६ जनाको ¥यापिड परीक्षण र ९८ जनाको स्वाब परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
पछिल्लो तत्थ्याँक अनुसार भारत र अन्य मुलुकबाट दैलेख आउनेहरुको सङ्ख्या १५ सय बढी पुगेको छ । सरकारले अलपत्र व्यक्तिहरूको उद्धार अभियान सुरु गरेसँगै नेपालका विभिन्न स्थान र छिमेकी मुलुक भारतबाट दैलेख प्रवेश गर्नेहरुको सङ्ख्या बढेपछि थप सुरक्षा सतर्कता अपनाइएको छ ।


कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा सम्म पुग्ने मुख्य नाका मानिएको दैलेखको गुराँस गाउँपालिकामा उच्च सर्तकर्ता सँगै ११ वटा हेल्पडेस्क स्थापना गरिएको छ । तेस्रो मुलुकबाट आएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर ¥यापिड टेस्ट सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ ।


दैनिक ज्यालादारी गरेर गुजारा गर्ने, विपन्न र गरिब समुदायको पहिचान गरेर मात्र वास्तविक पीडितलाई राहत वितरण गर्न र वितरण प्रक्रिया सकिएपछि त्यसलाई सार्वजनिक सुनुवाइ गरेर कार्य सम्पन्न गर्न जिल्ला समन्वय समिति दैलेखका समन्वय प्रमुख प्रेम थापाले आग्रह गरेका छन् ।


दैलेखका ८ सय ६१ बेड क्वारेन्टाइन र ४० आइसोलेसन बेड निर्माण गरिएको भए पनि क्वारेन्टाइनमा बस्नेहरुको सङ्ख्या ६९ रहेको छ ।
आम नागरिकहरू अझै सुरक्षित रहनुपर्ने आवश्यकता भएकोले लकडाउनलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् ।
जनताहरुलाई घरभित्र बस्ने बारेमा दैलेख प्रहरीले पनि कडाइ गरेको प्रहरी प्रमुख हरिबहादुर ओलीले बताए । हामीले जिल्लाभर कडाइ गरेका छौँ जनताहरुले यो विषयलाई बुझिदिनुहुने छ भन्ने आसमा रहेको प्रहरी प्रमुख ओलीको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार