दैलेख ः दैलेखको दुल्लू नगरपालिका वडा नं. ११ को भैरव आधारभूत विद्यालय तेरायँमा विद्यालयको ताल्चा फोडेर ४ थान कम्प्युटर चोरी भएको छ ।
लक डाउनको समयमा सोमवार राति ४ थान कम्प्युटर, सिपियु, मनिटर गरे करिब ३ लाख ५० हजार बराबरको सामान चोरी भएको प्रधानाध्यापक यामबहादुर मगरले जानकारी दिएका छन् ।
चोरी लगत्तै प्रहरीमा खबर गरेपछि प्रहरी आएर मुचुल्का उठाउनुका साथै खोजी कार्य जारी राखेको छ ।









