दैलेखमा मात्रै संक्रमितको सङ्ख्या ३१ पुग्यो १ को मृत्यु

  • १४ जनामा नयाँ संक्रमण
  • दैलेख जेठ १७ ।
    दैलेखका कोरोना संक्रमणको दर बढ्दै जान थालेको छ । शनिवार मात्र १४ जना कोरोनाका नयाँ संक्रमित देखिएका छन् । यो सँगै संक्रमितको सङ्ख्या ३० पुगेको छ ।
    संक्रमित ब्यक्तिहरु सबै भारतबाट आएकाहरु र जिल्लाका विभिन्न स्थानहरुमा निर्माण गरिएका क्वारेन्टाइनमा बसेकाहरु मात्र रहेका छन् । क्वारेन्टाइनमै बसेकाहरुको स्वाब सङ्कलन गरेर जाँचका क्रममा संक्रमित देखिएकोले समुदायमा फैलिन नपाएको जिल्ला स्वास्थ्यले जानकारी दिएको छ ।
    शनिवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको स्वाब परीक्षणमा दैलेखका १४ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशाला विभागको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
    थपिएका सबै नारायण नगरपालिका दैलेखका रहेको उल्लेख गरिएको छ । प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा यस अघि १६ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो ।
    कुल संक्रमित ३० जना मध्ये सबैभन्दा धेरै नारायण नगरपालिका भित्रकै रहेका छन् । नगरपालिका भित्र संक्रमित देखिएका व्यक्तिहरूको घर परिवार सँगको सम्बन्धका बारेमा पनि बुझ्ने काम सुरु गरिएको छ ।
    बिरामी सबैलाई दैलेखको सरस्वती मा.बि.तर्तागंमा निर्माण गरिएको आइसुलेसन अस्पतालमा उपचारका लागि ल्याइएको छ । यसअघि २२ जनाको उपचारका लागि मात्र २२ बेड निर्माण गरिएको भए पनि अहिले ४० बेड तयार पारिएको र थप १ सय जना सम्मको उपचार गराउन मिल्ने गरी व्यवस्थापनको काम अघि बढाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापन समिति अध्यक्ष लोमन शर्माले जानकारी दिएका छन् । तर्ताङ्गमा रहेको बृद्धाश्रम र नारायण क्याम्पसलाई वैकल्पिक आइसुलेसन अस्पतालको लागि तयारी थालिएको शर्माको भनाई छ ।
    पछिल्ला १४ संक्रमित मध्ये नारायण नगरपालिका २ का एक जना, ३ का एक जना, ४ का तीन जना, ६ का एक जना, ८का २ जना, वडा नं. ९ का २ जन, १० का दुई जना र वडा नंं ११ का दुई जना रहेका छन् ।
    उनीहरू २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ वर्षका रहेका छन् । दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० जना संक्रमित पुगेका छन् ।
    दैलेखको दुल्लू नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका ४० बर्से पुरुषको शनिवार बिहान मृत्यु भएको छ । उनको कोरोना रिपोर्ट पोजेटिभ आएको दुल्लु अस्पतालका डा.पूजा बि.सीले जानकारी दिएकी छन् ।
    मृतक पुरुष सँगै सबैको स्वाब सङ्कलन गरेर तीन दिन अघि परिक्षणका लागि सुर्खेत पठाइएको थियो । सुर्खेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाएको थियो ।
    दश दिन अघि भारतबाट दैलेख आएका युवाहरूको समूहसँग उनी पनि दैलेख आएर क्वारेन्टाइनमा बसेका थिए । दुल्लू नगरपालिकाले उनीहरूको उद्धार गरेको थियो । दुल्लू नगरपालिकाको वडा नं. ७ मा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको १८ कोठे भवनलाई क्वारेन्टाइन बनाएर ७९ जना व्यक्तिहरूलाई राखिएको थियो । मृतक पुरुष बस्ने कोठामा अन्य २ जना रहेको दुल्लु नगरपालिका दैलेखका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् । बिहान चिया खाएर हामीले भेटेर कुराकानी गरेर फर्कँदै गर्दा उनको एक्कासि मृत्यु भएको खबर सुन्यौँ त्यसपछि सुरक्षा सतर्कता बढाएका छौँ । जनप्रतिनिधि आफै समेत जोखिम मोलेर जनताको लागि काम गरेको नगरप्रमुख घनश्याम भण्डारीले बताए ।
    दुल्लु अस्पतालका प्रमुख डा. पूजा बि.सी.ले संक्रमितको शव समातेका व्यक्तिहरूको पहिचान गरेर उहाँहरुलाई छुट्टै राख्ने तयारी थालेका छौँ दुई चारदिनपछि पुनः उहाँहरूको पिसिआर परीक्षणको तयारी गर्ने बि.सी.को भनाई छ ।
    मृतक पुरुषको दाहसंस्कारको बारेमा दुल्लु नगरपालिकाले सर्वदलीय बैठक आव्हान गरेर स्थान छनौट लगायतको प्रक्रिया थालनी गरेको र आज साँझै उहाँको दाहसंस्कारको तयारी थालिने नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् ।
    जिल्लामा एक्कासि चुनौती बढ्यो
    भारतबाट आएका व्यक्तिहरू गाडीमा कोचाकोच गरेर दैलेख फर्किएका छन् । जिल्ला आएपछि पनि क्वारेन्टाईनको अभाव भएपछि उनीहरूलाई हरेक पालिकाका बिद्यालयहरुमा उचित व्यवस्थापन बिनानै राख्ने काम सुरु भयो । एक्कासि हजारौँ आएपछि पालिकाहरुले मापदण्ड पुर्याएर बनाएका क्वारेन्टाइनहरु एक्कासि भरिएपछि नयाँ बनाउन निकै समस्या भएको छ । यसले चुनौती एकदमै बढेको पालिकाहरुले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार