आपतकालिन सेवा बिस्तारका लागि प्रदेशले दियो १ करोड ५० लाख

  • पिसिआर मेसिन तत्काल जोड्न समितिले गर्यो माग
  • दैलेखका कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि प्रदेश सरकारले अस्पतालको थप व्यवस्थापनका लागि १ करोड ५० लाख रकम प्रदान गरेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखको भवन निर्माणका लागि भनेर २ करोड रकम विनियोजन गरिएको भए पनि अहिले भवन निर्माण तत्काल सम्भव नभएपछि सामाजिक विकास मन्त्री दल रावलको पहलमा रकामान्तर गरेर दैलेखमा आइसुलेसन वार्ड, भेन्टिलेटर, अक्सिजन जडान सँगै पिसिआर मेसिन खरिद गर्न सक्ने गरी रकम प्रदान गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापन समिति अध्यक्ष लोमन शर्माले जानकारी दिएका छन् ।
    तत्काल निर्माण गरिएको शरस्वती मा.बि. तर्तागंको अस्पताललाई थाप व्यवस्थापन गर्दै एक सय सैयाको निर्माणको तयारी थालिएको छ । थप व्यवस्थापनका लागि नारायण क्याम्पस र वृद्धाश्रमलाई पनि आपतकालिन अस्पताल निर्माणको तयारी थालिएको छ ।
    जिल्लाभर भारतबाट आउनेहरुको सङ्ख्या बढेसँगै आरडीटी र पिसिआर परीक्षणको दायरा बढाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरन्जन पन्तले जानकारी दिएका छन्। अहिले आरडीटी मार्फत २ हजार ३ सय ५० जनाको र पिसिआर मार्फत १ हजार ७ सय १६ जनाको परीक्षण गरिएको छ । पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला भएकोले क्वारेन्टाइनमा १४ दिन पुगिसकेका व्यक्तिहरूको व्यवस्थापन गर्न समेत चुनौती थपिएको छ ।
    भारतबाट दैलेख जिल्ला भित्रने व्यक्तिहरूको सङ्ख्या १२ हजार पुगिसकेका छन् ।
    महावु गाउँपालिकामा ७ सय, दुल्लूमा ३५०, नौमूलेमा ३ सय भन्दा बढीको पिसिआर रिपोर्ट आउन बाँकी छ । क्वारेन्टाइनमा व्यवस्थापन चुनौती सँगै क्वारेन्टाइनमा बसेकाहरु अनुशासन सँगै दुरी कायम गरेर बस्न नसकेका कारण भित्रै संक्रमण फैलन सक्ने जोखिम झनै बढेको छ ।

    अस्पताल व्यवस्थापन समितिको आपतकालिन बैठक बसेर ल्यावको स्तरबृद्धि गर्ने, जनशक्ति थप गर्ने, रक्तसंचार केन्द्र स्थापना गर्ने निर्णय गरिएको अध्यक्ष लोमन शर्माले बताए यसका लागि प्रदेश सरकारको १ करोड ५० लाखर र नारायण नगरपालिकाले १० लाख रकम सहयोग गर्ने भएको शर्माले बताए । सामाजिक सेवा इकाइबाट दलित, गरिब, विपन्न वर्ग, ज्येष्ठ नागरिक स्वयंसेविका, अपाङ्ग र हिंसा पीडितहरुलाई निःशुल्क सेवा प्रदान गर्दै आएको अस्पतालले फिँजियो थेरापी, योगशाला र अन्य सेवा प्रभावकारी बनाएको छ । जेठ १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भैसकेको । जिल्ला स्वास्थ्य कार्यालयबाटै आवश्यक औषधिहरु ल्याबबाटै उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष लोमन शर्माले बताए ।
    अस्पताल व्यवस्थापन समिति बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै समितिले लिँदै आएको नियमित बैठक भत्ता कोरोना संक्रमणको मिति देखी प्रभाव रहुन्जेल सम्म नलिने र भत्ता बापतको रकमलाई संक्रमित व्यक्तिको सेवामा जाने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन खर्च गर्ने निर्णय गरिएको छ ।
    जिल्लामा पिसिआर मेसिन खरिद गर्नका लागि आवश्यक प्रस्तावना तयार गरेर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र सङ्घीय सरकारसँग आवश्यक बजेटको माग गर्ने निर्णय सहित तत्काल काम थाल्न सरकालाई आग्रह गरिएको छ । यसका लागि सङ्घीय सांसद र प्रदेश सांसदहरुसँग पहल गरिरहनुभएको डा. निरन्जन पन्तले जानकारी दिएका छन् ।
    कोरोना संक्रमण सँग जुध्न आवश्यक सामग्री खरिद गर्ने, एक्सरे, क्याकअप, इसिजी, अक्सिजन सप्लाईका मेसिन, ८० लाख बरावरको बृहत् अक्सिजन प्लान्ट व्यवस्थापन गर्ने कार्य सुरु भैसकेको छ ।
    दुल्लू नौमूले, राकम कर्णाली, लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति सहित आईसुलेसन वार्ड स्थापना गरेर प्रदेश सरकारसँग माग गरिएसँगै २ स्थानमा काम सुरु भैसकेको छ ।
    कोराना संक्रमणको दर बढ्दै जान थालेपछि ५ वटा आइसियु बेड सञ्चालन, २ वटा भेन्टिलेटर र अस्पताल भित्र ३ वटा आईसुलेसन वार्डलाई तयारी हालतमा राखिएको छ ।
    संक्रमण दर बढ्दै जान थालेपछि स्वास्थ्यकर्मीको अभाव हुने भएकोले सम्बन्धित निकायसँग स्वास्थ्यकर्मी माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार